झापा बिर्तामोडका दिनेश ओझाले आफ्नो जन्मदिनको अवसरमा बिर्तामोड–४ स्थित स्नेहा माया घरमा रहेका वृद्धवृद्धालाई खाद्यान्न, तरकारी तथा फलफूल सहयोग गरेका छन्।

लिङ्कन मन्टेश्वरीका विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा ओझा वंश समाजका केन्द्रीय सचिवसमेत रहेका ओझाले सामाजिक उत्तरदायित्व वहन गर्दै आज माया घरमै पुगेर सहयोग गरेका हुन्। उनले स्नेहा माया घरका संरक्षक गुरु प्रसाद ओझालाई फलफूल, तरकारी तथा विभिन्न खाद्यान्न सामग्री हस्तान्तरण गरे।
जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै सहयोग गरिएको ओझाले बताए। उनले आगामी दिनमा पनि सामाजिक क्षेत्रमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
सहयोग हस्तान्तरण कार्यक्रममा दिनेश ओझासहित उनकी श्रीमती दीपा , होटल व्यवसायी महासंघका केन्द्रीय सचिव भुपेन्द्र न्यौपाने, लिङ्कन मन्टेश्वरीका प्रिन्सिपल सरोज पौडेल, शिक्षिका तथा विद्यार्थीहरूको उपस्थिति थियो।










































