बिर्तामोड : राष्ट्रिय बाल दिवस २०८३ को अवसरमा न्युटन्स बाल क्लबले विशेष कार्यक्रम आयोजना गरेको छ। बाल क्लबकी अध्यक्ष मम्सा शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरूले नाटक, गीत तथा नृत्य प्रस्तुत गर्दै आफ्नो सिर्जनात्मक प्रतिभा प्रदर्शन गरे।
कार्यक्रममा विद्यालयमा कार्यरत पुरुष शिक्षकहरूलाई बुवाको मुख हेर्ने दिनको अवसरमा मायाको चिनोसमेत प्रदान गरिएको थियो। कार्यक्रममा विद्यालयका कोअर्डिनेटर परासर दाहाल, माध्यमिक तह इन्चार्ज नोयल परेरालगायत शिक्षक तथा विद्यार्थीहरूको सहभागिता थियो।
कार्यक्रम सञ्चालन विद्यार्थीहरू किन्जल पोखरेल र आयुषा कार्कीले संयुक्त रूपमा गरेका थिए।










































