झापाकाे बिर्तामाेडका पुराना व्यवसायी तथा समाजसेवी द्वारिका प्रसाद मित्तलको निधन भएको छ।
उनको बिर्तामोड ५ स्थित बोलबम मण्डीमा रहेको निवासमा आज साेमबार बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
बिर्तामोडका पुराना तथा स्थापित व्यवसाय मित्तलको ८७ वर्षको उमेरमा निधन भएको हो । 

उनी मुटु राेगबाट पीडित थिए । बुबा रामलाल मित्तल र मोहरा देवी मित्तलको माइलो छोराको रूपमा द्वारिकाको विक्रम सम्वत १९९५ साल माघ १५ गते इलामको नामसालिङमा जन्म भएको थियो ।

तत्कालिन अवस्थामा नामसालिङमा अलैची खेतीलाई व्यावसायिक रूपमा अगाडि बढाउन द्वारिकाको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको थियो।

विक्रम सम्वत् २०४३ सालमा सपरिवार बसांइ सरी  झापाको बिर्तामोडमा आएका थिए ।

द्वारिकाले लामो समयसम्म अलैचीको व्यापार व्यवसाय सम्हालेका थिए।
द्वारिकाका नौ जना छोरा र तीन छोरी रहेका छन्। उनको जेठा छोरा बुहारी दिनेश कुमार र सन्तोषीदेवी मितल , माईला हनुमान र किरण मित्तल,   कैलाश र सुनिता,  ईश्वर र जानुका , मोहन र मधु , प्रदिप र रेनु , स्वर्गीय छाेरा सुरेन्द्र र नेहा , स्वर्गीय छाेरा रोशन मित्तल - दिपा त्यस्तै राजेश र अनुभा  रहेका छन् ।
उनका सबै छाेरा झापाका स्थापित व्यवसायीक तथा सामाजिक क्षेत्रमा क्रियाशिल छन् ।
त्यस्तै छोरी ज्वाईँमा बिमला-  सत्यनारायण गाेयल अन्जु- शिवकुमार सिंघल  र अनिता - सञ्जय सिंघल  रहेका छन्।

बाल्यकालमा साधारण शिक्षा हासिल गरेपछि उनले बुवालाई व्यापार–व्यवसाय, खेतीपाती र पशुपालनमा सघाए। १७ वर्षको कलिलो उमेरमै, भारतको राजस्थान भाद्र भनिने शहरका छबिलाल गोयङ्काकी जेठी सुपुत्री सरमनदेवी गोयङ्कासँग २०१२ जेठ १३ गते वैवाहिक बन्धनमा बाँधिए।

द्वारिकाका २८ जना नाति- नातिना रहेका छन् भने २२ जना पनाती पनातिना रहेको पारिवारिक स्रोतले जनाएको छ।
उनकी जिवनसाथी सरमनदेवीकाे यस अघि निधन भइसकेकाे छ ।
मित्तलको पार्थिव शरीरलाई भोलि मंगलबार कन्काई माईमा अन्त्यष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ । 
छोरा राजेश हाल अमेरीकामा रहेकाले उनी आएपछि भोलि मङ्लबार अन्त्येष्टि गरिने परिवारले जनाएको छ।