स्वच्छ समाजकालागि सामाजिक अभियान झापाले दृष्टिबिहिन , अपाङ, अशक्त तथा दिनदुखिहरुलाई खाद्ययन्न वितरण गरेको छ ।
आज बिर्तामोड ६ स्थित बुट्टाबारीमा एक कार्यक्रमकाबिच १ सय १३ जना दृष्ट्रिबिहिन , अपाङ, अशक्त तथा दिनदुखिहरुलाई खाद्ययन्न वितरण गरेको अभियानका संयोजक गणेश ढुङ्गानाले जानकारी दिए ।


उनले दाताहरुको सहयोगमा संकलन गरिएको चामल ३० केजी, दाल, खानेतेल बितरण गरेको बताए । दुई छाक खानलाई समस्यामा रहेका उनीहरुलाई दशैंको मुखमा थोरै भए पनि हात मुख जोर्न सहयोग गरिएको अभियानले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि जग्गादाता खाद्ययन्न दाता बाबुराम श्रेष्ठ , अभियानका संयोजक ढुङ्गाना, बरिष्ठ उपाध्यक्ष तथा समाजसेवी शेरबहादुर थापा, त्यसै गरी दाताहरुले उनीहरुलाई उक्त सामाग्री प्रदान गरेका हुन् ।

_1736908732.jpg)

सडकमा मागेर, गुजारा चलाउंदै आएकाहरु भने पछिल्लो समय महेन्द्र राजमार्गको बिस्तारसंगै संकटमा परेको अभियान्ता ढुङगाको भनाई छ ।
दैनिक गुजाराकालागि समस्यामा रहेका फरक क्षमता भएका ब्यक्तिहरुलाई सहयोग गर्न पाउंदा आफुहरु खुसी भएको दाताको भनाई छ ।
यता दशैंको मुखमा आम्दानीको नियमित स्रोत नभएका उनीहरु चामल लगायतका खाद्ययन्न पाउंदा खुसी भएका छन् ।
स्वच्छ समाजकालागि सामाजिक अभियानले अर्जुनधारा ११ मा २ कठ्ठा ७ धुर जग्गा समेत किनेको छ । सडक आश्रीत, दृष्टिबिहिन, अपाङ ब्यक्तिहरुलाई एकै ठाउंमा राख्ने हिसाबले अभियानले देश
बिदेशमा रहेका समाजसेवी, संघ संस्था, सामाजिक ब्यक्तित्व, व्यवसायीहरुको सहयोगमा संकलन गरिएको रकमले जग्गा खरिद गरिएको र चांडै उत्त, जग्गामा भवन बनाइने अभियानका संयोजक ढुङ्गानाले जानकारी दिए ।