न्यूटन्स एजुकेशन एकेडेमी र एभरेष्ट स्मार्ट एजुकेशन एकेडेमीद्वारा  शुभकामना आदानप्रदान कार्यक्रम आयाेजना गरिएकाे छ । 

बिजयादशमी, शुभदिपावली, नेपाल संवत तथा छठ पर्वकाे अवसरमा आज साँझ शुभकामना आदानप्रदान कार्यक्रम आयाेजना गरिएकाे हाे । 

सांस्कृतिक एकताकाे प्रतिककाे रूपमा रहेकाे नेपालीहरूकाे महान पर्वकाे अवसरमा एकै ठाउँ अभिभावक, शिक्षक, कर्मचारी लगायतकाे सहभागितामा शुभकामना आदान प्रदान कार्यक्रम गरिएकाे प्रिन्सिपल देबेन्द्र हुमागांईले जानकारी दिए । 

IMG-20250927-WA0012

कार्यक्रममा प्रमुख अतिथि नगर शिक्षा शाखा प्रमुख त्रिलचन भणडारी, बिर्तामाेड ५ का वडाध्यक्ष राेहित प्रसाईं, ६ का वडाध्यक्ष सुर्य कन्दङ्वा, नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष सुब्रत न्याैपाने, बिर्तामाेड नगर शिक्षा अधिकृत जानुका रेग्मी, निरू ओली लगायतले शुभकामना मनतब्य राखेका थिए । 

विद्यालय व्वस्थापन समिति अध्यक्ष धर्मा पराजुली प्रसाईंकाे अध्यक्षतामा भएकाे कार्यक्रममा स्वागत न्युटन्सका निर्देशक आशिस प्रसाईले गरेका थिए ।