अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा महेन्द्रप्रसाद चम्लागाईं निर्वाचित भएका छन् ।
समाजको हिजो शुक्रबार बिर्तामोडमा सम्पन्न पाँचौँ अधिवेशनले चम्लागाईंलाई सन् २०२५–२०२७ का लागि अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।उनी यसअघि समाजको वरिष्ठ उपाध्यक्ष रहेका थिए ।


विगत ३० वर्षदेखि कतारमा व्यवसाय गर्दै आएका छन् । उनी झापा बाह्रदशीस्थित डाँगिबारी निवासी हुन् । उनी ताप्लेजुङको फूलबारीदेखि झापा हुँदै श्रमिकको रुपमा कतार पुगेका थिए ।
उनले सन् २००३ मा कतारमा बुकसप सञ्चालनमा ल्याएका थिए । त्यसपछि उनले आयात निर्यातको काम गर्दै हाल कन्स्ट्रक्सनको व्यवसाय सञ्चालन गर्दै पाँच हजारजनालाई रोजगारी दिएका छन् ।

_1736908732.jpg)
नेपाली व्यवसायी संघ कतारका अध्यक्षसमेत रहेका चम्लागाईं झापाली समाज कतारका संरक्षक हुन् । उनको व्यावसायिक फर्म उडल्यान्ड कन्ट्राक्टिङ कम्पनी हो । चम्लागाईं नेपाल चेम्बर अफ कमर्सको कतार प्रतिनिधिसमेत हुन् ।
त्यस्तै नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दिपक चुडाल, उपाध्यक्षमा क्रमश नविन पोखरेल, चूडामणि कार्की, महिला उपाध्यक्षमा सीता पाण्डे, महासचिव चिरण खवास, सचिवमा क्रमश भवानी प्रसाद कोइराला, अजय राजबंशी, कोषाध्यक्षमा उमेश पोखरेल, सह–कोषाध्यक्षमा रविन गिरी चयन भएका छन् ।

त्यस्तै क्षेत्रीय संयोजकहरमा मध्यपूर्व – केशव कार्की ९कतार०, युरोप – लोकेन्द्र नेपाल बेल्जियम ,ओसियानिया – निरञ्जन प्रसाई अष्ट्रेलिया०, अमेरिका – आशिष संग्रौला संयुक्त राज्य अमेरिका चयन भएका छन् ।
उप–क्षेत्रीय संयोजकहरूमा मध्यपूर्व – टिका ढकाल ९ओमान०,युरोप – प्रकाश गिरी नेदरल्याण्ड्स, अमेरिका – दिल्ली थापा संयुक्त राज्य अमेरिका चयन भएका छन् ।
सन०२४–२०२५ का अध्यक्ष मुकुन्द ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी रहेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी अधिकारी, पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरी, कलाकार अशोक शर्मा, पत्रकार टिकाराम यात्रीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा सामाजिक व्यक्तित्व तथा समाजसेवी एकका लागि एक अभियानका परिकल्पनाकार तथा संयोजक महेन्द्रकुमार गिरी त्यसैगरी पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी लगायतलाई कदरपत्र सहित सम्मान समेत गरिएको थियो
दिपक चुडालले स्वागत गरेको कार्यक्रमको सञ्चालन नविन पोखरेलले गरेका थिए ।