झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले हिजो शुक्रबार झापाका बाढीपीडितहरूलाई राहत उपलब्ध गराएको छ।
संस्थाले झापा गाउँपालिकाका बाढीबाट विस्थापित बनेका नागरिकहरूलाई राहत उपलब्ध गराएको हो।


संस्थाका अध्यक्ष सुवास भट्टराई ,कार्यकारी प्रमुख कमलबहादुर बस्नेत सहितको टिमले आज झापा गाउँपालिका स्थित कुमारखोद ईप्रकामा जिल्ला प्रशासन कार्यालय झापाको सहायक सिडियो डोरेन्द्र निरौला मार्फत राहत सामग्री उपलब्ध गराएको हो ।
जिल्ला प्रशासन कार्यालय र स्थानीय पालिकाको समन्वयमा अहिले विस्थापितहरुलाई एकद्वार प्रणालीबाट राहत वितरण भइरहेको छ ।

_1736908732.jpg)
सोही अनुसार प्रशासनको समन्वयमा राहत वितरण गरिएको कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी दिए।
उनले सामाजिक उत्तरदायित्व बहन गर्दै करिब ६० हजार मूल्यको स्थानीय प्रशासनको राहत प्याकेज बमोजिम को सामग्रीहरू उपलब्ध गराइएको जानकारी दिए।

जसमा प्रति परिवार २५ केजी चामल खाने तेल ,नुन मेट्रेस,आलु लगायतका सामग्रीहरु समावेश छन् ।
त्यस्तै कार्यकारी प्रमुख बस्नेतले संस्थामा आबद्ध भएका शेयर सदस्यहरू समेत बाढीबाट पीडित बनेकाले उनीहरूको पनि तथ्याङ्क सङ्कलनको कार्य भइराखेको बताउँदै एक दुई दिनभित्रमै करिब ३०० भन्दा बढी सेयर सदस्यहरुलाई राहत वितरण गर्ने जानकारी दिए।
त्यस्तै संस्थाका अध्यक्ष सुभाष भट्टराईले पनि जिल्ला प्रशासन कार्यालय झापामार्फत् एकद्वार प्रणालीबाट भइरहेको राहत वितरण कार्यक्रममा सिम्रिक साकोसले पनि सहयोग गरेको बताए।
उनले पनि सिम्रिक साकोसका सदस्यहरूलाई संस्थाले चाँडै नै राहत कोष मार्फत सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।
झापाका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले पनि जिल्ला विपद व्यवस्थापन समिति झापाको स्ट्यान्डर्ड प्याकेज अनुसार अहिले राहत वितरण भइरहेको बताए ।
अहिले एकद्वार प्रणालीबाट भइरहेको राहत वितरणमा विभिन्न संघसंस्थाहरूले सहयोग गरिरहेको उनले भन्दै खुसी व्यक्त समेत गरेका छन्।