दमक ।
इलाका प्रहरी कार्यालय दमकलाई एकका लागि एक अभियानले अत्यावश्यक सामग्री हस्तान्तरण गरेको छ ।
अभियानले आज (सोमवार) प्रहरी कार्यालय दमकमै पुगेर दुई लाख रुपैयाँ बाराबरको सामाग्री हस्तान्तरण गरेको हो ।
महेन्द्रकुमार गिरी, सदस्यहरु नवीन गट्टानी, हेम खड्का, एकराज गिरी लगायतले सामान हस्तानतरण गरेका हुन् ।
अभियानले २० थान खाट, दुई सेट कम्प्युटर, एक सेट प्रिन्टर, २५ थान झुल दुई लाख रुपैयाँ बराबरको अत्यावश्यक सामाग्री प्रदान गरेको अभियानका परिकल्पनाकार तथा संयाेजक महेन्द्रकुमार गिरीले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय तथा ट्राफिक कार्यालय पुनर्निर्माण समितिका तर्फबाट गोपाल गुरागाईं, डीएसपी राम तिम्सिना तथा खोम बगाले, प्रेम कोइराला (सहकारी संघ अध्यक्ष),चुडामणि ओझा, रोशन गौतम, याम श्रेष्ठ लगायतलाई हस्तान्तरण गरेका हुन् ।
अभियानले यसअघि झापाको बिर्तामोडस्थित इलाका प्रहरी कार्यालय अनारमनीलाई ५ लाख नगदसहित एक लाख मूल्य बराबरको ब्यालङकेट हस्तान्तरण गरेको थियो ।
त्यस्तै कनकाई नगरपालिकास्थित इलाका प्रहरी कार्यालय सुरुङ्गालाई पनि दुई लाख रुपैयाँ बराबरको अत्यावश्यक सामाग्री हस्थान्तरण गरेको थियो ।
गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको बिर्तामोड, सुरुङ्गा र दमकका प्रहरी संरचनालाई १० लाख रुपैयाँ दिने घोषणा गरेको थियो । सोही अनुरुप रकम र अत्यावश्यक सामाग्री हस्तान्तरण गरेको अभियानका संयोजक गिरीले बताए ।