बिर्तामाेड ः मेची पेट्रोलियम ढुवानी सेवाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ।

झापाको बिर्तामोडमा आज सोमबार ढुवानी सेवाको वार्षिक साधारण सभा सम्पन्न भएको हो। 

नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घको अध्यक्ष मनोज कुमार दासको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वागत मेची पेट्रोलियम ढुवानी सेवाको  सदस्य गौरीप्रसाद भण्डारीले गरेका थिए । 

मेची पेट्रोलियम ढुवानी सेवाको अध्यक्ष टीकाराम बहादुर पिठाकोटेको अध्यक्षतामा भएको कार्यक्रममा मेची पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष नवीन कोइराला ,मेची पेट्रोलियम ढुवानी सेवाको सल्लाहकार  प्रेमप्रसाद दाहाल लगायतले  शुभकामना  मनतब्य राखेका थिए । 

कार्यक्रमको सन्चालन मेची पेट्रोलियम ढुवानी सेवाको सचिव तोकप्रसाद दुलाले गरेका थिए । 

IMG-20251013-WA0005

कार्यक्रममा  कोषाध्यक्ष  बिनोद चापागाँईले कोषाध्यक्षको प्रतिबेदन प्रस्तुत  गरेका थिए । 

कार्यक्रममा महँगी अनुसारको भाडादर बृद्दि नभएको, मेचिमा सन्चालनमा रहेका गाडि अर्काको नाममा राखेर सन्चालन गर्नु पर्ने बाध्यता रहेको भन्दै ति गाडिलाई निगमको ढुवानीकर्ता बनाउनु पर्ने लगायतका समस्या रहेको भन्दै व्यवसायीले ति समस्या सामधानकालागि प्रमुख अतिथि समक्ष अनुरोध गरेका थिए ।

IMG-20251013-WA0010

कार्यक्रममा नेपाल यातायात मजदुर संगठन ट्याङकर कमिटि अध्यक्ष  जयप्रकाश उराउ, बिभिन्न संघ संस्थाका पदाधिकारी सहित पेट्रोलियम ढुवानि ब्यवसायीहरूको बाक्लो मात्रामा उपस्थिति  थियो । 

IMG-20251013-WA0011