ध्वस्त बनेको इलाका प्रहरी कार्यालय विर्तामोड र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको भवन पुनर्निर्माणका लागि इनरह्वील क्लब अफ विर्तामोड मिडटाउनले नगद २५ हजार रुपैया सहयोग गरेको छ ।
गत भदौ २३ र २४ गतेको जेनजीको आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट ध्वस्त बनेको प्रहरी संरचना निर्माणका लागि क्लबले आफ्ना पदाधिकारी तथा सदस्यहरुबाट संकलन भएको उक्त रकम सामाजिक उत्तरदायित्व वहन गर्दै सहयोग गरेको इनरह्वील क्लब अफ विर्तामोड मिडटाउनकी अध्यक्ष लुना बस्नेतले जानकारी दिइन् ।



_1736908732.jpg)
उनीहरुले विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, भवन पुनर्निर्माणका अगुवा युवा रमेश चौधरी, पदम श्रेष्ठ र विपिन बजगाईंलाई उक्त सहयोग प्रदान गरेको जनाईएको छ ।
त्यसैगरी क्लबले इलाम जिल्लाका बाढी तथा पहिरो पिडितलाई पनि आर्थिक सहयोग गरेको छ । बाढी तथा पहिरो पिडितलाई नगद २५ हजार रुपैया प्रदान गरिएको अध्यक्ष बस्नेतको भनाई छ । विपद्को घडिमा थोरै

भएपनि केही सहयोग पुग्ने उद्देश्यले संस्थाले सहयोग गरेको अध्यक्ष बस्नेत बताउँछिन् । इलाम झापा मैत्री समाजको अध्यक्ष तिलोतमा खत्री र देवीका बस्नेत मार्फत उक्त रकम सहयोग गरिएको जनाईएको छ ।