अरिदमन गण चारआली ब्यारेकमा सञ्चालन भएको सि.सं. १० सैन्य आधार तालिमको अन्तिम दलेल कवाज (दीक्षान्त) समारोह आज सोमबार सम्पन्न भएको छ।
श्री नम्बर २१ बाहिनी अड्डा झापा तोपगाछीका बाहिनीपति सहायकरथी मनि कुमार श्रेष्ठको प्रमुख अतिथ्यमा उक्त दीक्षान्त समारोह सम्पन्न भएको हो।


कार्यक्रममा प्रमुख अतिथि बाहिनीपति सहायक रथी श्रेष्ठले तालिम सफलतापूर्वक सम्पन्न गरी सिपाही दर्जामा नियुक्त हुने १०५ जना सैन्यहरूलाई बधाई तथा शुभकामना दिनुका साथै तालिम टोलीद्वारा प्रदर्शन गरिएको कवाजको निरीक्षण समेत गरेका थिए।

_1736908732.jpg)
दीक्षान्त समारोहलाई सम्बोधन गर्दै बाहिनीपति सहायक रथी श्रेष्ठले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा गौरवमय इतिहास बोकेको नेपाली सेनाले जहिले पनि राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता र राष्ट्रिय एकताको पक्षमा काम गर्नुपर्ने बताए ।
राष्ट्रको मेरुदण्ड भनेको नेपाली सेना हो उनले भने, सेनाको मेरुदण्ड भनेको तालिम प्राप्त सिपाही हो। त्यसैले नेपाली सेनाले जहिले पनि राष्ट्रप्रति वफादार भई नेपाली सेनाको मूल्य मान्यतालाई आत्मसाथ गरी नेपाली सेनाको छवि उच्च राख्न सदैव तयार हुनुपर्छ भन्दै तालिम र सैन्यहरुलाई सम्बोधन गरेका थिए।

कार्यक्रममा विभिन्न विधाहरूमा उत्कृष्ट हुने सैन्यहरूलाई पुरस्कृत समेत गरिएको थियो।
अरिदमन गणबाट दीक्षित भएका १०५ जना सैन्यहरू मध्ये पाल्पा जिल्ला रम्भा गाउँपालिका वडा नम्बर ४ स्थायी घर भएका योगेन्द्र बहादुर दिशा उक्त तालिममा उत्कृष्ट हुन सफल भएका थिए।
नौ महिने समय अवधिको कठिन सैन्य आधारभूत तालिम पूरा गरेका सिपाहीहरू नेपाली सेनाका विभिन्न युनिटहरूको दरबन्दीमा नियुक्ति हुने अरिदमन गणका प्रमुख सेनानी गणपती सरोज थापाले जानकारी दिए ।
दीक्षान्त समारोहमा अरिगमन गणका कर्णेल कमान्ड डान्ट उपरथी सागरबहादुर थापा ,मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकी झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी ,झापा जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रमुखहरू ,सुरक्षा निकायका प्रमुखहरू ,बाहिनी अड्डाका अधिकृतहरू अरिदमन गणका गणपतिहरू ,अधिकृतहरू त्यस्तै सिपाहीहरूका परिवार तथा आफन्तहरूको उल्लेख्य मात्रामा सहभागिता रहेको थियो।
यसैगरी आज नेपाली सेनाका विभिन्न तालिम केन्द्र तथा युनिटहरुमा जम्मा २४०६ जना सैनिकहरू सैन्यहरू दीक्षित भएका छन् ।
अरिदमनगण चाराली ब्यारेकमा मिति २०८१ साल मङ्सिर १६ गतेदेखि सञ्चालन भएको सैन्य आधार तालिममा १०५ जना दीक्षित भएका थिए ।