शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ७ का पौडेल दम्पत्तीले तरकारी खेतीबाट मनग्ये आम्दानी गरेका छन् । शिवसताक्षी ७ शिमलचौक निवासी डिल्लीप्रसाद पौडेल र उनी श्रीमती मीना पौडलले आफ्नै बारीमा लगाएको तरकारी खेतीबाट मनग्ये आम्दानी गरेका हुन् । 

पौडेलले १६ कठ्ठा क्षेत्रफलमा प्याप्सिकन, बन्दागोपी, खर्बुजा बैगुन लगायतका तरकारीहरु लगाएका छन्  । उनीहरु विहानदेखि नै तरकारीको रेखदेखमा गोडमेल मै बेस्त देखिन्छन् । 

 पौडेल दम्पती दुई दशकदेखि व्यावसायिक रुपमा तरकारी खेती गर्दै आइरहेका छन् । पछिल्लो  समय उनीहरुले प्याप्सिकन पनि लगाएका छन्  । अन्य प्रजातिका तरकारी भन्दा प्याप्सिकन तरकारीले भाउ पाउने भएपछि यस वर्षदेखि प्याप्सिकन लगाएको डिल्लीप्रसाद पौडेलले बताए ।  

उनको बारीमा हाल बन्दाकोपी, खोर्सानी, बैगुन, खबुजा लगायतका तरकारीहरु भेटिन्छन् । जसमा बन्दा  र प्याप्सिकनले आम्दानी दिन सुरु गरेको छ । उनले १० कठ्ठामा प्याप्सिकन, ३ कठ्ठामा खर्बुजा, र १ कठ्ठामा बैगुन लगाएका छन् । उनको बगानमा अंगुर, स्याउ, ड्रागन फुट्स र तेलका लागि सूर्यमुखी समेत लगाइएको छ ।

शिवसताक्षी नगरपालिकाले कृषिमा अनुदान दिन थालेपछि तरकारी खेतीमा गर्न केही सहज हुन थालेको स्वयम डिल्लाप्रसाद पौडेल बताउँछन् । उनका अनुसार प्याप्सिकन बन्दा  र करेलाको तुलनामा डबल भन्दा पनि माथि आम्दानी देखिएको छ ।

उनी भन्छन्, १० कठ्ठा क्षेत्रफलमा लगाइएको प्यासिकनबाट खर्च कटाएर ६ लाख आम्दानी हुनेछ । तरकारी खेतीमा बजारको समस्या नभई उत्पादनमै समस्या रहेको उनको भनाई छ ।

पौडेलले उत्पादन गरेको तरकारी शिवसताक्षीका व्यापारीले घरमै आएर लाने गरेका छन् ।  पौडेलले भने, यहाँ भन्दा दमक र विर्तामोड पुर्याउन सके अझ बढी आम्दानी हुने गरेको छ । प्याप्सिकन सिजन सकिएपछि बैशाख तिर खर्बुजा पनि बिक्रीका लागि तयार हुन्छ ।

उनका अनुसार अहिलेको सिजनमा तरकारी खेतीमा १ लाख २० हजार खर्च भएको छ । कृषि पेशामा मेहेनत गर्न सके युवाहरु विदेश जाइरहनु नपर्ने उनको भनाई छ । 

शिवसताक्षी नगरपालिकाबाट तरकारी खेतीका लागि मल, विउविजन, मल्चिन सहयोग रहेको छ । शिवसताक्षीका कृषि शाखा प्रमुख रविन भट्टराईले प्याप्सिकन खेतबाट राम्रो आम्दानी हुने सुझाब दिएपछि प्याप्सिकन खेती सुरु गरिएको उनको भनाई  छ । 

शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले कृषिमा नगरपालिकाले गरेको लगानीको प्रतिफल राम्रो देखिएको बताइन् ।

उनले शिवसताक्षीका कृषकहरुले तरकारी खेती, तोरी खेती, कालो नुनिया धान खेती, युवा लक्षित कार्यक्रम अन्तर्गत नगरपालिकाले दिएको अनुदानबाट मौरीपालन गरेर कृषकहरुले मन्यग्गे आम्दानी गरेको अनुगमन क्रमममा भेटिएको जानकारी दिइन् । उनले भनिन् हामी समय समयमा नगरक्षेत्र भित्रका कृषकहरुको बारीमा जान्छौ ।

कृषि उत्पादनका लागि, मल, विउ र बजारीकरणका समस्याहरुका बारेमा छलफल गरेर कृषकहरुबाट सुझाब समेत लिने गरेका छौं । 

शिवसताक्षी नगरपालिकाका कृषकलाई तरकारी खेतीका लागि मल, विउ र मल्चिन २ वटा कृषक फर्मलाई तरकारी खेतीका लागि अनुदान उपलक्ध गराइएको कृषि शाखा प्रमुख रविन भट्टराई जानकारी दिए । उनले ७ वटा कृषि फर्मलाई मह उत्पादन र २ ओटा कृषि फर्मलाई तरकारी खेतीका लागि अनुदान दिइएको बताए ।

त्यस्तै नगरपालिकाले कालो नुनिया धान रोप्ने कृषकलाई प्रति कठ्ठा ५०० सयका दरले ४७ जना कृषकलाई प्रत्साहन रकम उपलब्ध गराइएको छ । तोरी खेतीका लागि पनि १० ओटा कृषक समूहलाई प्रति समूह १ लाखका दरले अनुदान रकम उपलब्ध गराइएको प्रमुख भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार नगरपालिकाले किसानलाई बेमौसमी खेतीका लागि टनेल समेत वितरण गर्दै आएको छ ।  

कनकाई नहरबाट सिचाई हुने भएकाले शिवसताक्षी नगरपालिकाका दक्षिण क्षेत्रहरु तरकारी खेतीका लागि उपयुक्त मानिएको छ । शिवसताक्षीका ४, ५ ६ र ७ नम्बर वडाहरुका अधिकांश मानिसहरुले तरकारी खेती गर्ने गरेका छन् ।