झापाकाे बिर्तामोडमा मुख्य कार्यलय रहेकाे सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले गाैरीगन्ज गाउँपालिकाका बाढी पिडित सदस्यहरुलाई राहत प्रदान गरेकाे छ ।
संस्थाले गाैरीगन्ज गाउँपालिका सेवाकेन्द्रका ११ परिवारका सदस्यलाई राहत उपलब्ध गराएको हो । माईखाेलाकाे बाढि पसेर पिडित बनेका गाैरीगन्ज २ स्थित भाकुरमारी , गाैरीगन्ज २ का ११ परिवारका सदस्यहरुलाई सामाजिक उत्तरदायित्व वहन गर्दै संस्थाले खाद्यान्न सहितका सामाग्रीहरु आज घरमै पुगेर सहयाेग गरेको संस्थाका कार्यकारी प्रमुख कमल बहादुर बस्नेतले जानकारी दिए ।उनले सिम्रिक साकाेस सदस्यकाे सुख दुःखमा सदैव साथमा रहेकाे बताए ।


पिडित सदस्यलाई चामल, दाल, तेल, नुन लगायतका सामग्री प्रदान गरिएकाे कार्यकारी प्रमुख बस्नेतले बताए ।

_1736908732.jpg)
राहत वितरण कार्यक्रममा कार्यकारी प्रमुख बस्नेत, संस्थाका सचिव इन्द्र बहादुर कार्कीे, कोषाध्यक्ष मेहरमान बिष्ट, जनसम्पर्क अधिकारी विजय बस्नेत, आई.टी. अधिकृत विजय पाण्डे, गाैरीगन्ज सेवाकेन्द्र प्रमुख अशाेक सुवेदी लगायतले उपस्थिति रहेकाे थियाे ।
यता सदस्यले पनि बिपत्तिकाे समयमा संस्थाले सहयाेग गरेकाे भन्दै खुसि ब्यक्त गरेका छन् ।

त्यसैगरी संस्थाले इलाम जिल्लाकाे माइनगरपालिकाका बाढि पहिराे पिडित सदस्य र झापाको झापा गाउँपालिकामा बाढीबाट विस्थापित बनेका नागरिकलाई पनि राहत उपलब्ध गराईसकेकाे छ ।
संस्थाले झापा गाउँपालिकामा बाढीबाट पिडित बनेका आफ्ना सदस्यलाई शुक्रबार राहत वितरण गर्ने जनाएकाे छ ।
सिम्रिक साकाेसले झापा, इलाम, पाँचथर र मोरङ्ग जिल्लाका ४६ सेवाकेन्द्र मार्फत सेवा प्रवाह गरिरहेकाे छ ।