झापा  प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पेयपदार्थ उत्पादन गरी विदेशमा निर्यात गर्दै आएको झापास्थित सिंगापुर बेभरेज प्रालिको आज निरीक्षण गरेका छन् । 

मेचीनगर–१४ दुहागढीस्थित प्रालिको कारखानामा उनले  हलुका पेय पदार्थ उत्पादन हुने प्रविधि, प्रक्रिया र व्यापारका बारेमा जानकारी लिए । 

सन् २०१६ मा स्थापना भएको प्रालिले उत्पादन गरेका जिरु, निम्बुपानी लगायतका ब्रान्डले कोकाकोला जस्ता बहुराष्ट्रिय कम्पनीबाट उत्पादित ब्रान्डहरुसँग बजारमा प्रतिष्पर्धा गरिरहेको प्रालिका प्रबन्ध निर्देशक आशिष शर्माले सभामुख घिमिरेलाई अवगत गराए । 

सभामुख घिमिरेले उद्योगले आफ्ना उत्पादनहरु विदेशमा निर्यात गरिरहेको विषयमा जिज्ञासा राखेका थिए ।  उद्योगले झेलिरहेका समस्या, राज्यले गर्नुपर्ने सहयोग र कानूनी व्यवस्थाको बारेमा उहाँले चासो व्यक्त गर्नु भएको प्रबन्ध निर्देशक शर्माले बताए । 

नेपाल जेसीजको हालै सम्पन्न राष्ट्रिय महाधिवेशनमा सिंगापुर बेभरेजका प्रबन्ध निर्देशक शर्मालाई उत्कृष्ट युवा प्रतिभा पुरस्कार प्रदान गरिएको थियो । हलुका पेय पदार्थको उद्योग खोलेर सयौंलाई रोजगारी दिएको र उत्पादनहरु विदेशमा निर्यात गरिरहेका शर्मालाई जेसीजको कार्यक्रममा सम्मानित गरिएपछि उद्योगको निरीक्षण गर्ने सोच बनाएको सभामुख घिमिरेले बताए । 

उहाँले पहाडको लहरे आँप, तराईको आँप, अनारस, खजुरबुजा लगायतका स्वदेशमै उत्पादन हुने फलफूलको रसलाई कच्चा पदार्थको रुपमा प्रयोग बढाउन सुझाव दिए । 

WhatsApp Image 2024-04-17 at 05.50.36 (1)

 चर्को प्रतिष्पर्धाको आजको युगमा नेपाली उत्पादनले विश्व बजारमा लोकप्रियता हासिल गर्नु गर्वको विषय भएको उनले बताए । 

दुबईबाट बिजनेस मार्केटिङमा स्नातकोत्तर र फ्रान्सको पेरिसस्थित युरोपियन इन्टरनेसनल युनिभर्सिटीबाट इन्टरनेसनल बिजनेस एन्ड मार्केटिङमा मानार्थ विद्यावारिधि उपाधिप्राप्त ३२ वर्षीय प्रबन्ध निर्देशक शर्माले छोटो अवधिमै उद्योगका उत्पादनलाई यूरोप र अमेरिका लगायत विभिन्न ३५ मुलुकमा पुर्याउन सफलता प्राप्त भएको बताए । 

उद्योगले जर्मनी मेसिनबाट विश्वस्तरीय पेय पदार्थका विभिन्न ब्रान्डहरु उत्पादन गरिरहेको जानकारी दिदै जिरा मसलाको स्वाद रहेको जिरु हाल भारत, अस्टे«लिया र अमेरिकामा लोकप्रिय रहेको उनको भनाई छ । 

कृषि परियोजनाको अवलोकन

सभामुख घिमिरेले आजै मेचीनगरको एनएमसी नमुना कृषि परियोजनाको अवलोकन गर्नुभयो । मेचीनगर–१४ मा १६ बिगाहा जग्गामा फैलिएको उक्त परियोजनामा झापाकै ठूलो गाई फार्म सञ्चालित छ ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्था ९एनएमसी०ले वि।सं। २०७५ देखि उक्त कृषि परियोजना सञ्चालन गर्दै आएको छ । परियोजनामा गाईपालन, माछापालन, हाँसपालन, मौरीपालन, कस्टम हाइरिङ सेवा, साइलेज र तरकारी उत्पादन हुँदै आएको छ । 

परियोजनामा रु। २३ करोड लगानी भइसकेको, ४० जनाले प्रत्यक्ष रोजगारी पाइरहेको र एक सय वटा उन्नत होलेस्टाइन जातका गाईपालन भइरहेको संस्थाका संस्थापक अध्यक्ष रामचन्द्र उप्रेतीले सभामुख घिमिरेलाई जानकारी गराए । 

परियोजनामा पालिएका ४५ वटा गाईले हाल दुध दिइरहेको र गाईले ४० लिटरसम्म दुध दिने गरेको उहाँले बताए ।  परियोजनामा माछापालन, मौरीपालन र तरकारी खेती समेत भइरहेको छ ।