झापा : झापामा बास्केटबल लिग प्रतियोगिता सुरु भएको छ । आजबाट झापा स्कुल बास्केटबल लिग प्रतियोगिता सुरु भएको हो । 

विद्यार्थीको क्षमता अभिवृद्धि तथा खेलमार्फत सदभाव बढाउने उद्देश्यका साथ झापा बास्केटबल संघको  आयोजनामा आजबाट बिर्तामोड स्थित लिटल फ्लावर्स स्कुलको प्राङ्गणमा प्रतियोगिता सुरु भएको  संघका अध्यक्ष प्रकाश लिंङ्देनले जानकारी दिए । 

खेलकुदलाई स्वास्थ्यसँग मात्रै नजोडेर यसलाई संस्कारको रूपमा स्थापित गर्न यो प्रतियोगिता आयोजना गरिएको अध्यक्ष लिङदेनको भनाई छ । 

pic 1 basket

आज एक संक्षिप्त कार्यक्रमकाबिच प्रतियोगितामा बिजेता बन्ने टिमलाई प्रदान गरिने ट्रफिको समेत सार्वजनिक गरिएको थियो । 

कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड ४ का वडाध्यक्ष राहुल शर्मा, झापा बास्केटबल एशोसिएसनका झापा अध्यक्ष प्रकाश लिंङ्देन, एमेटि एजुकेशनका प्रिन्सिपल आरएस ढकाल लगायतले ट्रफि सार्वजनिक गरेका हुन् । 

कार्यक्रममा वडाध्यक्ष शर्मा, लिटल फ्लावर्सका प्रिन्सिपल बिशाल क्षेत्री लगायतले शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन आशा गुरुङले गरेकी थिइन । 

४ महिना सम्म चल्ने प्रतियोगितामा हप्तामा एक देखि २ वटा गेम हुने जनाइएको छ । प्रतियोगिता भर एउटा स्कुलले १० वटा सम्म गेम खेल्ने बताइएको छ । प्रतियोगितामा प्रथम हुने टिमले मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने झापा बास्केटबल एशोसिएसनका सचिव बिशाल धिमालले जानकारी दिए । 

उनका अनुसार प्रतियोगितामा कक्षा ७ देखि १० सम्मका विद्यार्थी खेलाडिले सहभागि हुने छन् । 

अध्यक्ष लिङ्देनका  अनुसार प्रतियोगितामा बिर्तामोडका लिटल फ्लावर्स, एमेटि एजुकेशन, इस्ट होराइजन मावि, ग्रिन फिल्ड, चिल्ड्रेन इन्भाइरोमेन्ट र टावर टेम्पल स्कुलले भाग लिएका छन् ।