झापा 

आज विश्व मुटु दिवस झापामा पनि विविध कार्यक्रम गरी मनाइएको छ ।  हरेक वर्ष सेप्टेम्बर २९ तारिखका दिन विश्व मुटु दिवस मनाउने गरिन्छ । 

यस वर्ष ‘काम गरौं, मुटु बचाऔँ’ नाराका साथ झापा सहित देशै भर विश्व मुटु दिवस मनाईएको हो ।  झापाको बिर्तामोडमा बिएण्डसी अस्पताल, नेपाल हार्ट फाउण्डेशन झापा, रोटरी क्लब अफ बिर्तामोड, सुरुङगा, मेचिनगर सहित अन्य संघ संस्थाको सहकार्यमा बृहत कार्यक्रम गरिएको नेपाल हार्ट फाउण्डेशन झापाका अध्यक्ष सन्तोष अग्रवालले जानकारी दिए । 

बिर्तामोडमा बिभिन्न जनचेतना मुलक नारा लेखिएका प्ले कार्ड सहित प्रभात ¥याली, साइकिलिङ, जुम्बा सहित जनचेतना मुलक कार्यक्रम गरिएको बिएण्डसी अस्पतालका मुटु रोग बिशेषज्ञ डा. केशबराज न्यौपानेले जानकारी दिए । 

स्वस्थ जीवनशैली र खानपान नअपनाउने हो भने मुटुजन्य समस्या निम्तन सक्ने बिएण्डसी अस्पतालका सिनियर मुटु रोग बिशेषज्ञ डा. उमेश यादब बताउँछन् । उनले धूमपान, जाँडरक्सी खाने, खानामा गुलियो र चिल्लो अधिक प्रयोगले मुटुमा समस्या पार्ने भन्दै त्यस्ता कुराबाट टाढा रहन सबैलाई सल्लाह सुझाब दिएका छन् । 

‘मुटुको रोग बद्दै जानुको मुख्य कारण मानिसहरुको जीवनशैली अस्वस्थकर हुनु हो डा. यादब भन्छन्,  आजको मानिसहरुको जीवनशैली अस्वस्थकर भएको छ । ’

2 pic mutu

एकातिर खानामा अत्याधिक चिल्लो, गुलियो र नुनको मात्रा बढीे छ, हरियो सागपात, फलपूmल आदि कम छ, चुरोट, सुर्तीको सेवन बढी छ, रक्सी पिउने बानी धेरेैेको छ भने अर्कोतिर व्यायाम गर्ने बानीमा कमि आएको छ, मानसिक तनाव अत्याधिक बढेको डा. यादब बताउंछन् । तसर्थ उनी  अस्वस्थकर जीवनशैलीलाई स्वस्थकर बनाउने तर्फ कदम चाल्नु नै मुटुरोगबाट बच्ने सबै सबैभन्दा सरल र उत्तम उपाय भएको बताउंछन् । 

कार्यक्रममा नेपाल हार्ट फाउण्डेशनका सभापति सन्तोष अग्रवाल, निवर्तमान अध्यक्ष कुमारमणी पोखरेल, रोटरी क्लब अफ बिर्तामोडको अध्यक्ष राजेन्द्र अग्रवाल, सुरुङगाको अध्यक्ष लुबराज उप्रेती, शसस्त्र प्रहरी बलका एसएसपी राजेश उप्रेती लगायतको उपस्थिति रहेको थियो । 

साथै आज बिएण्डसीमा मुटु दिवसको अवसरमा निशुल्क मुटुको ओपीडि रहेको अस्पतालका डा. यादबले जानकारी दिए । 

विश्वभर बर्सेनि दुई करोड पाँच लाख मानिसले मुटुको रोगबाट ज्यान गुमाउने गरेको विश्व मुटु महासंघको तथ्याङ्क छ । सन् २०३० सम्ममा नेपाललगायतका विकासोन्मुख देशमा हृदयघात भएर ज्यान गुमाउनेको सङ्ख्या ३५ प्रतिशतभन्दा धरै पुग्ने अनुमान गरिएको छ । आफ्नो स्वास्थ्यमा ख्याल राखेर धुमपान नगर्न, जाँडरक्सी नखान, धेरै गुलियो, चिल्लो र बोसोयुक्त खाना नखान तथा व्यायाम गर्न डाक्टरको सुझाव छ ।