बिर्तामोड, 

बिर्तामोड ५ मा सञ्चालित न्युटन्स् एजुकेसन एकेडेमीमा अध्ययनरत विद्यार्थीहरूको आकस्मिक दुर्घटनाको उपचारका लागि अस्पतालसंग सम्झौता भएको छ ।

विद्यालय परिसरभित्र भएका दुर्घटनाको उपचारकालागि कन्काई हस्पिटलसंग सम्झौता भएको हो । अस्पताल  र न्युटन्स् एजुकेसन एकेडेमीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

 सम्झौतापत्रमा विद्यालयका तर्फबाट प्रिन्सिपल देबेन्द्र हुमागाईं र कन्काई हस्पिटलका तर्फबाट अध्यक्ष युवराज डाँगीले हस्ताक्षर गरेका छन् ।

सम्झौतापत्रमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको न्यूनतम रु १००० देखि अधिकतम रु १ लाख सम्मको दुर्घटना औषधि उपचार बीमा विद्यालयको तर्फबाट गरिएको छ भने कन्काई हस्पिटल प्रा।लि।को तर्फबाट विभिन्न सेवाहरूमा छुट सुविधासहित अतिरिक्त सुविधा समेत प्रदान गरिएको छ । यसले धेरै सहज हुने विश्वास विद्यालयले लिएको छ । 


सम्झौतापत्रमा निम्न बमोजिमका सर्तहरु राखिएका छन्

प्रथम पक्षले दोश्रो पक्षकामा अध्ययन अध्यापन गर्ने गराउने र उनीहरुको अभिभावकहरुलाई आवश्यक पर्दा दुवै पक्षकामा गएर वा आएर सेवा लिन दिन तयारी छौ ।

 दोश्रो पक्षको सिफारिसमा कार्डसहित सेवा लिन आएका बिरामीहरुका लागी निम्नानुसार सेवा सुविदा प्रदान गर्न प्रथम पक्ष मञ्जुर गर्दछ ।

प्रथम पक्षकोमा सेवा लिर्दा सम्पुर्ण सेवामा १५५ ले र औषधिमा ८५ ले छुट दिन मञ्जुर गर्दछ ।

सेवा सम्बन्धि सल्ला सुझाव, गुनासा भएमा दुव पक्षले आ९आफ्नो अफिसमा जानकारी गराउने ।

उधारो कारोवार गर्नु पर्ने भएमा दोश्रो पक्षको आधिकारीक व्यक्तिको जिम्मेवारीमा मात्र बिरामी विदा दिईने छ ।