झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको इकाइगत साधारण सभा सुरु भएको छ।
संस्थाको पहिलो इकाइगत साधारण सभा असोज ३ गते शुक्रबार  इलामबाट सुरु भएको हो।

इलाम ,फिक्कल, नेपालटार , रांके, नयाँबजार ,बिब्ल्यांटे मंगलबारे ,श्रीअन्तु, पशुपतिनगर, हर्कटे र फिदिम सेवा केन्द्रको  इलाम स्थित गौतम बुद्ध सभागृह सिटीहल इलाम बजारमा साधारण सभा सम्पन्न भएको हो।

संस्थाका अध्यक्ष सुभाष भट्टराई ,कार्यकारी प्रमुख कमलबहादुर बस्नेत लगायतले संयुक्त रुपमा साधारण सभाको पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए ।

कार्यक्रममा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष भट्टराईले संस्थाको सेयर पूँजीमा समेत यस वर्ष उल्लेख्य मात्रामा वृद्धि भएको उल्लेख गरे ।  उनले संस्थाको असार मसन्तसम्ममा ३५ करोड ९१ लाख शेयर पुंजी  रहेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले एक  घर एक सदस्य अभियान सिम्रिक सफलताको हाम्रो पहिचान भन्ने अवधारणालाई आत्मसात गर्दै सदस्य वृद्धि कार्यक्रमलाई प्रमुख कार्ययोजनाको रुपमा अगाडि बढाइएको बताएका थिए।

उनले सो कार्य योजना अनुसार यस वर्ष ५२३४ जना सदस्य वृद्धि भएको उल्लेख गरे ।

संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले संस्थाले उपलब्ध गराउँदै आएका सेवा सुविधाका विषयमा सदस्यहरुलाई जानकारी गराएका थिए।

उनले सिम्रिकले बचत र ऋणको मात्रै कारोबार नभई सदस्यहरुलाई उद्यम बनाउनका लागि विभिन्न कार्यक्रमहरु स्थापना कालदेखि नै गर्दै आइरहेको उल्लेख गरे ।

उनले सिप भएर पनि पुँजी अभावका कारणले व्यापार व्यवसाय गर्न नसकिरहेका सदस्यहरूलाई संस्थाले बिना धितो र धितोसहित सहुलियत दरमा कर्जा उपलब्ध गराइरहेको उल्लेख गरे ।

उनले सामाजिक उत्तरदायित्व अन्तर्गत पनि विभिन्न कार्यक्रमहरू गरिएको बताए।

कार्यकारी प्रमुख बस्नेतले जेष्ठ नागरिक तीर्थ भ्रमण कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०८१ / ८२ मा संस्थाको नियमित कार्यक्रम अन्तर्गत सम्पूर्ण सेवा केन्द्रहरूबाट आबद्ध संस्थाका १२० जना जेष्ठ सदस्यहरुलाई मुक्तिनाथ र स्वर्गद्वारीसम्मको तीर्थ भ्रमण गराइएको जानकारी दिए ।

त्यस्तै संस्थाको सेवा केन्द्रहरू मार्फत बाल बचत खाता सञ्चालन गर्ने शेयर सदस्यका १८७२ जना छोराछोरीहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले आर्थिक वर्ष ८१८२ मा स्कुल ब्याग समेत वितरण गरिएको उल्लेख गरे ।

त्यस्तै संस्थाले गत आर्थिक वर्षमा रातकोषमा आबद्ध भएका ६२८ जना शेयर सदस्यहरूलाई ७९ लाख १०,८१२ रुपैयाँ सेवा सुविधा उपलब्ध गराएको छ भने सदस्य वा

सदस्यका परिवारमा भएको मृत्युमा काजक्रिया बापत ४० सदस्यका परिवारलाई ५ लाख ४१५ सेवा सुविधा समेत उपलब्ध गराएको प्रतिवेदनमा उल्लेख छ ।

FB_IMG_1758418423540

त्यस्तै संस्थाले आर्थिक वर्ष 0८१ / ८२ मा ४२ सदस्य परिवारको बुझाउन बाँकी रहेको सम्पूर्ण कर्जा रकमहरू ४८,२३,२१५ कर्जा समेत मिनाहा गरेको छ ।

संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै सदस्यता तथा गैर सदस्यहरूलाई आर्थिक सहयोग न्यानो कपडा वितरण स्थानीय संघसंस्थाले आयोजना गर्ने खेलकुद प्रतियोगितामा

विभिन्न सामाजिक क्रियाकलापमा सहयोग मठमन्दिरमा सञ्चालन हुने धार्मिक क्रियाकलापमा सहयोग सरकारी अस्पतालमा पिउने पानी फिल्टरको सहयोग आदि जस्ता कार्यहरु पनि गरिरहेको उल्लेख छ ।

FB_IMG_1758418469507

साथै संस्थाले उत्कृष्ट ऋणी तथा उत्कृष्ट बचतकर्ता हरूलाई नगदसहित सम्मान समेत गरेको छ। संस्थाले उत्कृष्ट बचततर्फ ११ जना र ऋणीतर्फ ११ जना सदस्यलाई सम्मान गरेको हो।
संस्थाले दोस्रो इकाइगत साधारण सभा हिजो शनिबार मोरङको मंगलबारेमा सम्पन्न गरेको छ।
FB_IMG_1758419513697

सो साधारण सभाको पनि संस्थाको अध्यक्ष सुभाष भट्टराईले दीप प्रज्वलन गरेर समुद्घाटन गरेका थिए।

नौवटा सेवा केन्द्रको इकाइगत साधारणसभा कार्यक्रममा पनि उत्कृष्ट बचतकर्ता ९ जना र उत्कृष्ट ऋणी नौ जनालाई नगदसहित सम्मान समेत गरिएको थियो।
संस्थाको १५औं साधारण सभा अन्तर्गत अहिले धमाधम इकाइगत साधारण सभा भइरहेको हो ।