बिर्तामोड ।
जेन जी आन्दोलनको क्रममा ध्वस्त बनेको झापाका प्रहरीका संरचना निर्माणका लागिएकका लागि एक अभियानले सहयोग रकम घोषणा गरेको छ।
एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरीले सामाजिक सञ्जाल मार्फत ध्वस्त बनेका प्रहरी संरचना पुननिर्माणका लागि १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन्।
कोभिडको समयमा स्थापना भएको एकका लागि एक अभियानले तत्कालीन अवस्थामा विपन्न समुदायका नागरिकलाई खाद्यान्न वितरण सहित अक्सिजन प्लान्ट स्थापना प्लाज्मा बैंक स्थापना त्यसैगरी स्थानीय तहहरूसँग साझेदारी गरेर विभिन्न सहयोगहरु गरेको थियो ।


सहारा नेपाल साकोसका कार्यकारी प्रमुख तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष ,सामाजिक अभियन्ता समेत रहेका गिरीले सामाजिक सञ्जाल मार्फत सामाजिक उत्तरदायित्व बहन गर्दै प्रहरी प्रशासन को भवनलाई पुननिर्माण गर्दै सुरक्षाकर्मीलाई सहज तवरले काम गर्ने वातावरण सिर्जनाका लागि १० लाख रुपैयाँ सहयोग उपलब्ध गराइने जानकारी दिएका छन्।
भदौ २३ र २४ गतेको जेनजीको देशव्यापी आन्दोलनको इलाका प्रहरी कार्यालय बिर्तामोड जिल्ला ट्राफिक प्रहरी कार्यालय झापासहित जिल्लाका अन्य प्रहरी कार्यालयहरू आगजनी र तोडफोड पश्चात ध्वस्त भएका थिए।
जेन जीको तोडफोड पश्चात ध्वस्त भएका संरचनाहरूलाई पुनः सञ्चालनका लागि अहिले बिर्तामोडका विभिन्न संघसंस्था सहित युवा व्यवसायीहरु सामाजिक अभियान्ताहरू सबैले सरसफाई अभियान चलाइरहेका छन् । यसैगरी यी संरचनाहरूलाई पहिलेकै तवरबाट सञ्चालनको लागि स्वेच्छाले सहयोगहरू पनि जुट्न थालेको बताइएको छ ।
स्थानीय युवाहरूको अगुवाइमा पुनर्निर्माणका लागि काम सुरु गरेसँगै सहयोग रकम जुट्न थालेको अभियानकर्मी तथा युवा व्यवसायी पदम श्रेष्ठले जानकारी दिए ।

_1736908732.jpg)
प्रहरी प्रशासनको अनुपस्थितिमा पछिल्ला दिनमा बिर्तामोड क्षेत्रमा चोरी डकैती सहित आपराधिक क्रियाकलापहरु बढ्न भएपछि स्थानीयको पहलमा पुनर्निर्माणसँगै प्रहरी पुनर्स्थापनाको कार्य हिजो शनिबारबाट सुरु गरिएको छ।
त्यस्तै सहयोग रकम घोषणा गर्नका निमित्त बिर्तामोड उद्योग वाणिज्य सङ्घले पनि आज बैठक आह्वान गरेको छ।
पुनर्निर्माणका लागि कति रकम सहयोग गर्ने भन्ने बैठकले निर्णय गर्ने उद्योग वाणिज्य सङ्घ बिर्तामोडका अध्यक्ष राजु न्यौपानेले बताए ।

बैठक पश्चात् आज के कति सहयोग गर्ने भन्ने कुरा निर्णय हुने अध्यक्ष न्यौपानेको भनाइ छ ।