झापाको धुलाबारीमा सञ्चालित पाँचतारे होटल मेची क्राउन ‘साउथ एसियन ट्राभल अवार्ड २०२३’ बाट सम्मानित भएको छ ।  नेपाल, भारत,बंगालादेश, श्रीलंका,माल्दिभ्स, भुटानका करिब २ सय वटा होटेलहरूकाबीच भएको प्रतिस्पर्धाबाट लीडिङ  वेडिङ  होटल  क्षेत्रमा मेची क्राउनले अर्वाड जितेको हो । 

होटलका तर्फबाट सो अवार्ड सहायक महाप्रबन्धक निरंजन श्रेष्ठ  ग्रहण गरेका थिए ।  दक्षिण एसियाका दर्जनौ होटलहरुलाई पछाडि पार्दै मेची क्राउनले उत्कृष्ट अर्वाडको ताज हात पारेको उनले जानकारी दिए । 

2 nirajan

अर्वाड प्राप्त गरेपछि आफुहरुलाई थप जिम्मेवार बनाएको होटल मेची क्राउनका सञ्चालक बलराम सापकोटाको भनाई छ । 

सन २०१६ बाट बाट सुरु भएको अवार्ड यस वर्ष १० अक्टोबरमा भारतमा सम्पन्न भएको थियो ।  होटल वातावरण मैत्री हिसाबले सेवा दिइरहेको सञ्चालक सापकोटाकाले बताए ।  

होटलका सञ्चालक सापकोटाका अनुसार ५० करोड बढी लगानीमा सयवटा कोठा थप्न हाल होटलको भवन निर्माणको काम धमाधम भइरहेको छ । 

nirajan

 विवाह र पार्टीको सिजनमा रूम अपुग हुन थालेपछि   सयवटा रूम थप्न लागिएको उनले जानकारी दिए ।  हरेक वर्ष पर्यटन तथा हस्पिटालिटी क्षेत्रमा क्रियाशील विभिन्न कम्पनीलाई बिभिन्न विधामा अवार्ड दिइंदै आएको छ ।

हाल होटलमा एक सय ५ वटा कोठा छन् । जसमा पाँच वटा स्विट, पाँच वटा भिला र ९५ वटा डिलक्स छन् ।  यी सबै कोठामा गरेर एकपटकमा १६० जना बस्न सक्ने क्षमता छ ।  झापाको भद्रपुर विमानस्थलबाट १७ किलोमिटर र भारतको बागडोग्रा विमानस्थलबाट २५ किलोमिटर दुरीमा रहेको यो होटल २०७८ साल वैशाख १ गतेबाट सञ्चालनमा आएको हो ।