बिर्तामोड । इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनले रसुवागढी क्षेत्रमा बाढी तथा विपत्तिबाट प्रभावित परिवारको राहत र उद्धारका लागि रु।५० हजार १५१ सहयोग गरेको छ।
क्लबले मानवीय सहायता कार्यक्रमअन्तर्गत संकलित रकम इनरह्वील डिस्ट्रिक्ट ३५० नेपालमार्फत राहत कार्यमा परिचालन हुने गरी हस्तान्तरण गरेको हो।
क्लब अध्यक्ष रिजु क्षेत्री पाण्डेका अनुसार विपत्तिमा परेका नागरिकलाई तत्काल राहत पु¥याउने उद्देश्यले सहयोग गरिएको हो। क्लबले आगामी दिनमा प्रभावित क्षेत्रको वास्तविक आवश्यकता पहिचान गरी आवश्यकताअनुसार थप सहयोग गर्ने जनाएको छ। सामाजिक उत्तरदायित्व अन्तरगत क्लबले सहयोग गरेको अध्यक्ष पाण्डेको भनाई छ ।
‘नयाँ दृष्टि, नयाँ टोली, सेवाको उही भावना’ भन्ने मूल भावनासहित क्लबले सामाजिक तथा मानवीय सेवाका गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ।









































