इलाम । इलाम उद्योग वाणिज्य संघको १८औँ साधारण सभा तथा १०औँ जिल्ला अधिवेशनबाट कृष्ण पौडेल दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन्।

शनिबार इलाममा सम्पन्न अधिबेशनले पौडेलको नेतृत्वमा संघको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो। 

अध्यक्षमा पुनः निर्वाचित पौडेलले उद्योगी, व्यवसायी तथा निजी क्षेत्रका समस्या समाधानका लागि सक्रियतापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

FB_IMG_1788656457055 1

साथै पौडेलको नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा दिपेश श्रेष्ठ, उपाध्यक्षमा श्री बिष्ट र प्रेम सापकोटा, महासचिवमा हेमन्त गौतम, सचिवमा सुमन दास तथा कोषाध्यक्षमा गणेश सुवेदीलगायतका पदाधिकारी चयन भएका छन्।

संघको नयाँ नेतृत्वले इलामका उद्योगी तथा व्यवसायीका समस्या समाधान, व्यवसाय प्रवर्द्धन, लगानीको वातावरण निर्माण तथा निजी क्षेत्रको हकहितका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा बिभिन्न संघ संस्थाका पदाधिकारी तथा प्रतिनिधिले  संघलाई एकताबद्ध र प्रभावकारी ढंगले अघि बढाउन सहकार्य र सहमतिको वातावरण निर्माण गर्नुपर्नेमा समेत जोड दिएका थिए ।