यु.ए.एन नेटर्वक (युनिर्वसिटी एडमिशन नेटवर्क) बिर्तामोड शाखाले एक दिने शैक्षिक मेलाको आयोजना गरेको छ । बिर्तामोड शाखाले उच्च शिक्षाकालागि बेलायत जाने विद्यार्थीलाई लक्षित गरी शुक्रबार एक दिने शैक्षिक मेलाको आयोजना गरेको शाखा प्रमुख प्रदिप लुंइटेलले जानकारी दिए । 

शैक्षिक मेलामा झापा , मोरङ र इलामका गरी ५० बढी विद्यार्थी सहभागि भएका थिए । उनीहरुले  बेलायतका विश्वविद्यालयका प्रतिनिधिसंग पढ्ने बिषय, लाग्ने खर्च,  छात्रबृत्ति लगायतका बिषयमा परामर्श तथा जानकारी लिएको शाखा प्रमुख लुंइटेलको भनाई छ । 

मेलामा यु.ए.एनको नेपाल प्रमुख राजेन्द्र सिंहले सहभागि विद्यार्थीले राखेको जिज्ञाशासको जवाफ सहित सहजिकरण गरेका थिए ।  तीन बर्ष अघि बिर्तामोडमा स्थापना भएको शाखाको केन्द्रिय कार्यालय बेलायतमा र नेपालकालागि काठमाण्डौं रहेको बताइएको छ । हाल सम्म १ सय बढी विद्यार्थीलाई अध्ययनरकालागि बिभिन्न देश पठाएको बिर्तामोड शाखाले जनाएको छ ।