बिर्तामोड : 

झापाको बिर्तामोड ७ गरामनी मिलडाँडा बस्ने ६८ वर्षीया धनमाया पौडेलको विषालु सर्पले डसेर मृत्यु भएको छ । आज बिहान ७ बजेतिर भण्डार कोठामा आलु निकाल्न जाँदा उनको दाहिने खुट्टामा गोमन सर्पले डसेको थियो ।

त्यसपछि उनलाई उपचारका लागि सर्पदंश उपचार केन्द्र चारआली लगिएकोमा त्यहाँ उपचार हुन नसकी बिहान ९ः२५ बजे उपचारका लागि बिर्तामोड ल्याइँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

उनलाई बिएन्डसी अस्पताल बिर्तामोड ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।