बिर्तामोड-एकदशकअघि २०७० सालमा जब बिर्तामोड–२, रामचोकमा निदि सेकेन्डरी स्कुल सुरु भयो, नर्सरीदेखि कक्षा ९ सम्म २१० जना विद्यार्थी थिए । तर, केवल दश वर्षको अवधिमा यस शैक्षिक संस्थाले लोभलाग्दो छलाङ मारेको छ ।
आज त्यही निदि स्कुल र इन्द्रेणी क्याम्पसले एउटै छानामुनि २९०० भन्दाबढी विद्यार्थीलाई गुणस्तरीय शिक्षाको ज्योति प्रदान गर्दै पूर्वकै एक अग्रणी शैक्षिक गन्तव्यको रूपमा आफूलाई स्थापित गरेको छ ।

विद्यालय स्थापना हुँदा विद्यार्थी संख्या कसरी बढाउने भन्ने चिन्तामा रहेको व्यवस्थापन, आज भर्ना भएका हजारौँ विद्यार्थीको सिकाई र बसाईलाई थप व्यवस्थित, प्रभावकारी र गुणस्तरीय कसरी बनाउने भन्ने ‘सुखद चिन्ता’मा केन्द्रित छ ।

_1736908732.jpg)
‘हाम्रो पहिलो प्राथमिकता विद्यार्थी संख्या बढाउनु थियो, अहिले हाम्रो एकमात्र ध्येय उनीहरूको भविष्य सुनिश्चित गर्नु हो’, विद्यालयका दूरदर्शी प्रधानाध्यापक रञ्जित साहले भने ।
सफलताको आधार

निदि स्कूलप्रति विद्यार्थी र अभिभावकको यो अपार आकर्षण रातारात सम्भव भएको होइन । यसका पछाडि स्पष्ट रणनीति र अथक मिहिनेत रहेको प्रधानाध्यापक साह बताउँछन् ।
उनका शब्दमा गुणस्तरीय शिक्षा पहिलो शर्त र प्राथमिकता हो । विद्यालयले कहिल्यै पनि शिक्षाको गुणस्तरमा सम्झौता गरेन । योग्य र अनुभवी शिक्षकहरूबाट प्रदान गरिने शिक्षा नै निधिको पहिलो पहिचान भएको छ ।
यहाँका शिक्षक–शिक्षिका स्थायी जस्तै छन् । आज आउने र भोलि छोड्ने शैक्षिक प्रवृत्तिबाट आफूहरु टाढा रहेको प्रधानाध्यापक साह सुनाउँछन् । जसकारण शिक्षण विधिमा एकरूपता र विद्यार्थीसँग गहिरो सम्बन्ध स्थापित भएको छ । यसले विद्यार्थीको सिकाईलाई प्रत्यक्ष रूपमा सघाएको छ ।
मध्यम शुल्क निदिको अर्काे आकर्षक विशेषता हो । गुणस्तरीय शिक्षालाई सबैको पहुँचमा पु¥याउने उद्देश्यले विद्यालयले मध्यमस्तरको शुल्क निर्धारण गरेको छ, जसले गर्दा ठूलो संख्यामा अभिभावकहरू आकर्षित भएका छन् ।
अभिभावक–विद्यालय समन्वय पनि राम्रो छ । विद्यालयले नियमित रूपमा अभिभावकसँग परामर्श र समन्वय गर्दछ । यस त्रिपक्षीय (विद्यार्थी-शिक्षक-अभिभावक) सम्बन्धले विद्यार्थीको शैक्षिक नतिजालाई उत्कृष्ट बनाउन मद्दत गरेको छ । गतवर्ष कक्षा १२ को परीक्षामा ९० प्रतिशत उत्तीर्ण दर थियो । ३५ जना विद्यार्थीले ‘ए प्लस’ ल्याउनु यसैको प्रमाण हो ।
नर्सरीदेखि स्नातक तहसम्म एउटै छानामुनि
दुईवटा सेक्सनबाट सुरु भएको विद्यालयमा अहिले विद्यार्थी संख्या बढेर पाँचवटासम्म सेक्सन सञ्चालनमा छन ।
कक्षा ११ र १२ मा विज्ञान संकायमा ४००, व्यवस्थापनमा ७०० र होटल म्यानेजमेन्टमा ४०० विद्यार्थी अध्ययनरत छन् ।
यति मात्र होइन, स्नातक तहतर्फ ‘बीबीएस’ कार्यक्रममा पनि ४०० भन्दाबढी विद्यार्थीले निदिमै आफ्नो उच्च शिक्षाको यात्रा अगाडि बढाइरहेका छन् । विद्यार्थी संख्याको आधारमा निदि साविक मेची अञ्चलका चार जिल्लामध्येकै सबैभन्दा ठूलो संस्थागत विद्यालय बन्न सफल भएको छ ।
प्रविधिमैत्री पूर्वाधार र व्यावहारिक शिक्षा
निदिले आफूलाई प्रविधिमैत्री विद्यालयको रूपमा पनि चिनाएको छ । यहाँको विज्ञान प्रयोगशाला अत्यन्तै सुविधायुक्त छ, जहाँ कुनै पनि विद्यार्थीले प्रयोगात्मक अभ्यासका लागि पालो कुर्नु पर्दैन ।
स्मार्ट शिक्षण विधि, डिजिटल कक्षाकोठाहरू र विद्यार्थी–केन्द्रित सिकाई अभ्यासले निधिलाई आधुनिक बनाएको छ । जिल्लाका विभिन्न कुनाबाट आउने विद्यार्थीको सहजताका लागि १८ वटा बस सञ्चालनमा छन् ।
प्राध्यापकहरूको एक सबल समूहले सञ्चालन गरेको यो विद्यालयसँग साढे आठ कट्ठा आफ्नो र दुई बिघा लिजमा लिएको जग्गाले यसको दिगो भविष्यको संकेत गर्दछ ।
पढाईमा मात्र होइन, अतिरिक्त क्रियाकलापमा पनि अब्बल
निदिले विद्यार्थीको चौतर्फी विकासमा जोड दिँदै आएको छ । यहाँका विद्यार्थी पढाईमा मात्र नभएर अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै अब्बल देखिएका छन् ।
हिसानले आयोजना गरेको जिल्लास्तरीय खेलकुद प्रतियोगितामा दोस्रो स्थान निदिले हासिल गरेको थियो । प्रदेशस्तरीय खेलकुदमा निदिका विद्यार्थी प्रथम भएका थिए ।
हालै काठमाडौँ विश्वविद्यालयको ल स्कूलले आयोजना गरेको राष्ट्रिय वक्तृत्वकला प्रतियोगितामा निधिकी छात्रा कृतिका आचार्य नेपाल प्रथम भई विद्यालयको गौरव बढाएकी छिन् ।
यी उपलब्धिहरूले निदिले किताबी ज्ञानका साथै विद्यार्थीमा अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउन महत्वपूर्ण भूमिका खेलेको प्रमाणित गर्छ ।
गुणस्तर, पहुँच र समग्र विकासको त्रिवेणी बनेको निदि सेकेन्डरी स्कुल / इन्द्रेणी क्याम्पस आज झापामा मात्र नभई प्रदेशका लागि एक अनुकरणीय शैक्षिक धरोहरको रूपमा उभिएको छ ।