बिर्तामोड । धवस्त प्रहरी संरचना पुनःनिर्माण तथा मर्मत सम्भारका लागि बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आर्थिक सहयोग उपलब्ध गराएको छ ।
संस्थाले इलाका प्रहरी कार्यालय बिर्तामोड र जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडको भवन पुनःनिर्माण तथा मर्मत सम्भारका लागि आर्थिक सहयोग गरेको हो ।
 
        
    
साकोसले सामाजिक उत्तरदायित्व वहन गर्दै नगद ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको संस्थाका कार्यकारी प्रमुख कमल बहादुर बस्नेतले जानकारी दिए । उनले संस्थाले यस अघि पनि बिभिन्न संघ संस्थालाई सहयोग गर्दे आएको छ ।
आज साकोसका जनसम्पर्क अधिकृत प्रेम बस्नेत बिजयले इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी बिजय श्रेष्ठ, भवन पुनःनिर्माण तथा मर्मत सम्भारका अगुवा तथा युवा व्यवसायीहरु पदम श्रेष्ठ, बिपिन बजगाँई, रमेश चौधरीलाई नगद ५० हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
 
        
                        
            _1736908732.jpg) 
        
    
गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगलागी र तोडफोडबाट प्रहरी संरचना धवस्त बनेका थिए ।
 
         
                     
         
         
                            
                                                             
        


 
         
        






































 
        