हल्दीबारी । 

झापाको हल्दीवारी गाउँपालिकाले स्थानीय सार्वजनिक विदा दिएको छ । हिन्दु धर्मावलम्बीहरुको महान पर्व हरिवोधिनी एकादशीको अवसरमा पालिकाले सार्वजनिक बिदा दिएको हो । 

पालिकाले कार्तिक १६ गते आईतबार कार्यालय र मातहतका शाखा, वडा कार्यालयहरु, शैक्षिक संस्था, स्वास्थ्य संस्था अत्यावश्यक सेवा बाहेक हरुमा विगत वर्षहरुमा झैं यस वर्षपनि स्थानीय सार्वजनिक विदा दिईने निर्णय भएको जनाएको छ । 

पालिकाले आज शुक्रवार हरिबोधिनी एकादशी, २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमारहने सम्पूर्णमा सुख, शान्ति र समृद्धिको लागि गाउँपालिका परिवारको तर्फबाट हार्दिक शुभकामना दिदै स्थानीय बिदा दिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत राजन न्यौपानेद्धारा जारी सूचनामा उल्लेख छ ।