काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएकामध्ये शहीद घोषणा भएका ४५ जनाको नामावली सार्वजनिक गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले ४५ जनालाई राज्यका तर्फबाट शहीद घोषणा गर्ने निर्णय गरेको थियो ।
गृहमन्त्रालय लगायत सरोकारवाला निकायबाट गरिएको अध्ययनपछि अहिले घोषणा गरिएका शहीदको सूची गृह मन्त्रालय स्रोतले उपलब्ध गराएको हो । मन्त्रालय उच्च स्रोतका अनुासर थप सहीदको सन्दर्भमा अझै अध्ययन जारी रहेको छ ।
यसअघि नेपाली सेनाले जेनजी आन्दोलनका क्रममा मारिएका ७६ जनामध्ये ४१ जनालाई अन्यको सूचीमा राख्दै मृत्युको कारणमा प्रश्न उठाएको थियो । सेनाको आधिकारिक तथ्यांकमा २२ जना प्रदर्शनकारी, ३ जना प्रहरी र १० जना कैदीको ज्यान गएको उल्लेख थियो ।









































