शिवसताक्षी नगरपालिका–१० सन्थाल बस्तीका सरोज शर्माको शब  गाडेको अवस्थामा फेला परेको छ । ३२ वर्षीय  शर्मा  ७ दिनअघि गाडी सहित बेपत्ता भएका थिए । उनको शब हुलाकी राजमार्गमा पर्ने बिरी खोलाको पुल मुनी गाडिएको अवस्थामा शब भेटिएको हो । 

झापाको बाह्रदशी गाउँपालिका – २ र झापा गाउँपालिका – ५ जोड्ने हुलाकी सडकको राजमार्गको विरिङ पुल मुनी गाढेको अवस्थामा शव फेला परेको छ ।

उनले चलाउंदै आएको गाडि दुई दिन अघि झापाको मेचीनगर–१३ चारआली भद्रपुर रोड नजिकको हातेमालो सामुदायिक वनभित्र आगजनी गरिएको अवस्थामा फेला परेको थियो । 

उनका परिवारका अनुसार गत आइतबारदेखि शाह र  गाडी दुबै सम्पर्कविहीन थिए। उक्त गाडीको अल्फाबेट नखुले पनि शाहले चढ्दै आएको गाडी नम्बर भने ७१९४ रहेको थियो । 

जिल्ला प्रहरी कार्यालय झापाले घटना पश्चात खोजी कार्य जारी राखेको थियो ।  यसै क्र्रममा प्रहरीले दुई जनालाई प्रक्राउ गरेको छ । शाह थरका एक जना युवकलाई मोरंगबाट पक्राउ गरेको छ । उनलाई जोगमुनी नजिकबाट पक्राउ गरिएको हो । त्यस्तै अर्का एक जनालाई माइधारबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । पक्राउ परेका नातेदार भएको बताइएको छ ।