अर्जुनधारा

 गत भदौ २४ गतेको जेनजी आन्दोलनका कारण विस्थापित बनेका अर्जुनधारा नगरपालिका–३ स्थित अस्थायी प्रहरी चौकी खुदुनाबारीका प्रहरी टोली पुनः कार्यक्षेत्रमा फइिएका छन् । आन्दोलनपछि कार्यस्थल छाड्न बाध्य बनेको प्रहरी टोलीलाई आज  शुक्रबार एक औपचारिक कार्यक्रमका बीच पुनः आफ्नै चौकीमा फर्काइएको हो । 

WhatsApp Image 2025-10-31 at 15.59.50

प्रहरी सहायक निरीक्षक नम्भु कुमार माझीको नेतृत्वमा रहेको टोलीलाई जनप्रतिनिधि र स्थानीयवासीहरूले खादा र फूलमालासहित स्वागत गरेका थिए।

कार्यक्रममा अर्जुनधारा नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङ, उपप्रमुख खड्गमाया पराजुली, प्रमुख प्रशासकीय अधिकृत अनोजकुमार घिमिरे, वडा अध्यक्ष सिताराम भट्टराई, कार्यपालिका सदस्य चन्द्रा तामाङ, वडा सदस्य नारायण चापागाईं र सुमनकुमारी राई, अस्थायी प्रहरी चौकी व्यवस्थापन समिति अध्यक्ष ढुंडीराज गौतम, रेडक्रस खुदुनाबारीका सभापति जिवन भण्डारी, युथ अफ खुदुनाबारीका अध्यक्ष सागर घिमिरे, सचेत युवा समूहका अध्यक्ष राजा सावाँ लिम्बू लगायत विभिन्न संघ–संस्था र सरोकारवाला निकायका प्रतिनिधिहरूले उनीहरुलाई स्वागत गरेका थिए । 

WhatsApp Image 2025-10-31 at 15.59.50 (1)

हाल चौकीमा प्रहरी सहायक निरीक्षक नम्भु कुमार माझीको नेतृत्वमा एक बरिष्ठ हबलदार, एक सहायक हबलदार र २ जना जवान सहित ५ जना प्रहरी कार्यरत छन्।