नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाको अध्यक्षमा राजकुमार कार्की निर्वाचित भएका छन् । झापाको बिर्तामोड शुक्रबार  सम्पन्न इक्यान झापाको चौथो अधिवेशन तथा सातौं वार्षिक साधारण सभाले दुई वर्षे कार्यकालका लागि कार्कीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।

अध्यक्ष कार्की बिर्तामोड एजुकेशन फाउन्डेशनका सञ्चालक तथा अध्यक्ष समेत हुन् । उनले आफ्नो संस्था बिर्तामोड एजुकेशन मार्फत शैक्षिक परामर्श सहित सामाजिक क्षेत्रमा काम गर्दै आइरहका छन् । इक्यान झापाको स्थापनाकालबाटै विभिन्न पदमा रहेर जिम्मेवारी निर्वाह गरिसकेका छन् ।  उनी  संघको कोषध्यक्ष, सचिव, उपाध्यक्ष हुदैं यो पटक अध्यक्ष बन्न सफल भएका हुन् । 

अध्यक्षमा निर्वाचित कार्कीले  संघको उन्नती र प्रगतीकालागि सबैसंग सहकार्य र समन्वय गर्दै काम गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । 

1000006159


त्यस्तै समितिको आईपीपीमा निर्वतमान अध्यक्ष रोशन सुवेदी रहेका छन् । समितिको उपाध्यक्षमा अशोक भण्डारी चयन भएका छन् । बिर्तामोडस्थित बिज इन्टरनेश्नल एजुकेशन सर्भिसका सञ्चालक समेत रहेका भण्डारीले यसअघि सदस्य, सचिव, कोषध्यक्ष रहेका थिए । 

त्यस्तै संस्थाको सचिवमा विशाल सिटौला ,कोषध्यक्षमा तुलसी पाठक सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् । समितिको सदस्यहरुमा सरोश खरेल ,नविन बोहोरा, मोहन पराजुली र निशा दुलाल सर्वसम्मत चयन भएका हुन् । शैक्षिक परामर्शको क्षेत्रमा काम गर्दै आएको संघमा ५० बढी सदस्यहरु रहेका छन् । संस्थाको संस्थापक अध्यक्ष सुमन शर्मा जमरकट्टेल हुन् । 

संघका केन्द्रिय अध्यक्ष शेषराज भट्टराईको प्रमुख आतिथ्यमा इक्यान झापाको चौथो अधिवेशन सम्पन्न भएको हो । नवनिर्वाचित समितिको  सपथ ग्रहण गर्दै दुई वर्षे कार्यकालको शुरुवात गरेको छ । कार्यक्रममा निर्वाचित पदाधिकारी तथा सदस्यलाई प्रमाणपत्र बितरण गर्दै बधाई सहित सफल कार्यकालको शुभकामना ब्यक्त गरिएको थियो ।