झापा : झापाको कनकाई नगरपालिका–२ स्थित झण्डिखोप भन्ने स्थानमा एक अन्दाजी ४०–४२ वर्षको पुरुष मृत अवस्थामा फेला परेका छन्।
आज दिउँसो १२ः३० बजेको समयमा पहाडे मूलको जस्तो देखिने, नामथर र वतन हालसम्म नखुलेको उक्त पुरुष घोप्टो परेको अवस्थामा मृत फेला परेको हो। घटनास्थलमा इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी अधिकृतको कमाण्डमा टोली खटिएको छ।
प्रहरीले घटनास्थलको अनुसन्धान, कानुनी प्रक्रिया तथा शवको पहिचानका लागि आवश्यक कारवाही अघि बढाएको जनाएको छ। घटनाको कारण र मृतकको परिचय खुलाउन थप अनुसन्धान जारी रहेको छ।








































