बिर्तामोड । संसद पुर्नस्थापनाको माग गर्दै मंगलवार झापाको अर्जुनधारामा बृहत मोटरसाइकल र्याली सम्पन्न भएको छ । झापाको अर्जुनधारा – ६ स्थित महानन्दचोकदेखि खुदुनावारीसम्म मोटरसाइकल ¥याली गर्दै खवरदारी गरिएको हो ।

नेकपा एमाले अर्जुनधारा र राष्ट्रिय युवा संघ नेपाल अर्जुनधाराको अगुवाईमा खवरदारी गरिएको हो । ‘असंवैधानिक सरकार मुर्दाबाद, विदेशी दलाल होसियार, विगठित संसद् पुर्नस्थापना गर’ लगायतका नारा लगाउदै एमालेले आयोजना गरेको र्यालीले शनिश्चरे चोक र खुदुवारीमा कोणसभा गरेको हो । कोणसभा अनेरास्ववियुका कोशी प्रदेश संयोजक नारायण पोरखरेल र नेकपा एमाले झापाका अध्यक्ष प्रेम बहादुर गिरीले सम्बोधन गरेका थिए ।

यो सरकार असंवैधानिक भएकाले संसद् पुर्नस्थापना हुनुपर्ने अध्यक्ष गिरीको भनाई थियो । उनले संसद् पुर्नस्थापना गरेर मात्रै मुलुकलाई निकाश दिन सकिने बताए । एमाले कहिले पनि निर्वाचनबाट भाग्दैन, जनताको परीक्षामा सरिक हुन सधैं तयार छ, गिरीले भने – तर यो सरकारले निर्वाचनको वातावरण बनाउनै सक्दैन । लुटिएका हतियार र जेलबाट भागेका कैदीवन्दी नियन्त्रणमा नलिएसम्म निर्वाचन संवभ छैन ।

भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनलाई हाइजेक गरेर देशलाई खरानी बनाएकोप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रप्रेमीहरु एक हुनुपर्ने बताएका छन् । अध्यक्ष गिरीले जेनजी पुस्ताको मागप्रति सधैं सकारात्मक रहेकोले संविधान विरोधी गतिविधि प्रति सजग रहन आग्रह गरे ।

नेकपा एमाले अर्जुनधारा नगर कमिटी अध्यक्ष बिर्ख प्रधानले शान्तिपूर्ण समाज निर्माणका लागि सबैलाई अपील गरेका छन् । उनले जेनजीको माग जायज भएको बताउँदै घुसपैठ गरेर अपराध गर्नेहरुलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए । कानुनी दायरामा नल्याएसम्म जनतामा त्रास भइरहेको बताए ।

अर्जुनधारा अघि बिर्तामोड र दमकमा ¥याली आयोजना गरिएको थियो ।