बिर्तामोड : झापाको बिर्तामोडमा चिल्ड्रेन अस्पताल संचालनमा आएको छ । बिर्तामोड १ स्थित बिर्तामोड आंखा अस्पताल नजिकै नमुना टोल हनुमान नगरमा सुविधा सम्पन्न बिर्तामोड चिल्ड्रेन अस्पताल  सञ्चालनमा ल्याइएको हो । 

बिर्तामोड निवासी समाजसेवी लीला मैनालीको परिवारले संयुक्त रुपमा सञ्चालनमा ल्याएको उक्त बाल अस्पतालको आज सोमबार घटस्थापनाको अवसर पारेर एक कार्यक्रमकाबिच उद्धघाटन गरिएको छ । 

20220926_151533

                                     अस्पतालकी अध्यक्ष लीला मैनाली

कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगरपालिकाको नगर प्रमुख पवित्रा महतरा प्रसाई तथा उप–प्रमुख नगेन्द्र संग्रौलाले संयुक्त रुपमा पानसमा बत्ती बालेर गरेका हुन् । 

अस्पतालकी अध्यक्ष लीला मैनालीले यस अघि बच्चाको वशेष उपचार पाउन जिल्ला बाहिर धाउनुपर्ने समस्या अब अन्त्य भएको बताईन । 

अध्यक्ष मैनाली सहित उनकी  छोरी डा. सुजाता मैनाली आचार्य र ज्वाइँ डा. रुपक आचार्यले संयुक्त रुपमा १५ शैयाको  बच्चाको लागि बिशेष अस्पताल  संचालनमा ल्याएका हुन् । 

20220926_152156

                     अस्पतालकी कार्यकारी प्रमुख डा. सुजाता मैनाली आचार्य

अस्पातलले  चौबीसै घण्टा इमर्जेन्सी सेवा, ओपिडी सेवा ,आधुनिक ल्याब सहित आधुनिक एक्सरे र इसीजी लगायतका सुविधा प्रदान गर्ने अस्पतालकी कार्यकारी प्रमुख डा. सुजाता मैनाली आचार्यले बताइन् । 

डा. मैनाली गाइनो फिजिसियन हुन् । उनी विगत सात वर्षदेखि चिकित्सा सेवामा कार्यरत रहंदै बिएण्डसी अस्पतालमा कार्यरत थिइन् । 

20220926_153725

झापामै बच्चाको लागि मात्र भनेर कुनै पनि अस्पताल नभएको र उपचारका लागि भारतको सिलिगुडी सहित अन्यन्त्र जिल्ला धाउनुपर्ने समस्यालाई ध्यानमा राखेर हस्पिटल संचालनमा ल्याएको अस्पतालका प्रवन्ध निर्देशक डा. रुपक आचार्यको भनाई छ । 

उनले बच्चाको मुटुको इको गर्न यस अघि काठमाण्डौं जानु पर्ने बाध्यता रहेको बताउंदै त्यसैलाई मध्यनजर गरी इकोको सुविधा पनि अस्पतालमा प्रदान हुने बताए । 

उनले अब चांडै नै बच्चाको दिमागसम्बन्धी जाँच गर्ने व्यवस्था पनि अस्पातलले गर्ने बताए ।  अस्पताल प्रशासनका अनुसार  हाल  ६ जना दक्ष चिकित्सक र नर्सिङ टीमले सेवा दिनेछ ।  

20220926_152030(0)

डा. रुपकले  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान , नोबेल मेडिकल कलेज विराटनगर तथा बीएण्ड सी अस्पतालमा काम गरिसकेका छन् । 

 उनले आफ्नो १२ वर्षको अनुभवले पनि उपचारमा सहजता हुने विश्वास लिएका छन् ।  डा. आचार्य नवजात शिशु तथा बालरोग विशेषज्ञ र कुपोषण रोग विशेषज्ञ हुन् । 

हस्पिटलका अध्यक्ष मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख प्रसाई , उपप्रमुख  संग्रौला ,नेपाल मेडिकल एशोसिएसन झापाका अध्यक्ष डा. सीपी यादव ,बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, नेपाल उद्योग बाणिज्य संघ प्रदेश १ का सदस्य कुमार भट्टराई, मैनाली समाजका केन्द्रिय सचिव तथा जिल्ला अध्यक्ष डिल्ली मैनाली, मैनाली

समाजकै केन्द्रिय उपाध्यक्ष मिनप्रकाश मैनाली, नेपाली कांग्रेसका जिल्ला सभापति देउमान थेवे, झापा गाउंपालिकाका अध्यक्ष जयनारायण शाहा लगायतले शुभकामना मनतब्य राखेका थिए । 

कार्यक्रममा बिर्तामोडका व्यवसायी तथा समाजसेवी राजकुमार पोखरेल, मदन सुब्बा, दिनेश मित्तल, मोहोन मित्तल, ओमकृष्ण बिमली, सुवास भट्टराई, निर्मल भट्टराई, देवीभक्त श्रेष्ठ, सुरेश वंशल, शेरबहादुर थापा, बलराम कार्की लगायतको उपस्थिती रहेको थियो । 

अस्पातालको कार्यकारी प्रमुख  डा. सुजाता मैनाली आचार्यले स्वागत गरेको कार्यक्रमको संचालन नैनकला भट्टराईले गरेकी थिइन् ।