श्री कृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्य समिति झापाको  आयोजना तथा कचनकवल प्रारम्भिक समितिको ब्यवस्थानमा  आज २०७९ मंसिर २८ गते बुधबार कचनकवलमा एक दिने निशुल्क आँखा शिविर संचालन गरिएको छ । 

मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा कचनकवल २ स्थित श्री लक्ष्मी प्रसाद देवकोटा मा।वि। सुकुनाडिकीमा आँखा  शिविरको आयोजना गरिएको हो । शिविरमा ३ सय ९७ जना सेवाग्राहीले सेवा लिएका थिए । 

जस मध्ये २१ जनालाई मोतियाबिन्दु देखिएको थियो र उनीहरुको  शल्यक्रिया गर्नु पर्ने भएकाले मेची आँखा अस्पतालमा पठाइएको छ । आयोजकका अनुसार उनीहरुको शल्यक्रिया निशुल्क गर्ने व्यवस्था मिलाउने छ । 

युवाहरुलाई दुर्ब्यशन मुक्त हुदै धार्मिक आचरणमा रही सेवामुखी सामाजिक कार्यमा अग्रसर हुन प्रेरणा जगाउने उदेश्यले आयोजना गरिएको कार्यक्रमको अध्यक्षता  कचनकवल प्रा।स।का अध्यक्ष नबिन मिश्रले गरेका थिए । झापा जिल्ला कार्य समितिका अध्यक्ष

टहलदास ओलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा  विशिष्ट अथिति कचनकवल गाउँपालिकाका कार्यबाहक अध्यक्ष भारत राजबंशी एवम मेची आँखा अस्पतालका टोलीका प्रमुख डा। होम प्र। धिताल सहितको शुभकामना  मन्तब्य रहेको थियो । 

 

जिल्ला सह–सचिव उमेश मिश्रले संचालन गरेको कार्यक्रममा  कचनकवल २ का वडाध्यक्ष  लेखनाथ खत्री, बाइजुराज जिल्ला अध्यक्ष मिरा अधिकारी ओली, सत्संग सेवा परिषद झापाका पुर्व उपाध्यक्ष बेदनिधी भट्टराई, भद्रपुर लायन्स कल्वका अध्यक्ष समाजसेवी प्रकाश उप्रेती लगायतको पनि उपस्थिति रहेको थियो । 

प्रा।स सदस्य दिपक पोर्खेलले  स्वागत गरेको  शिविरमा निस्शुल्क औषधि वितरण, न्यून शुल्कमा चस्मा वितरण गरिएको थियो । 

कार्यक्रममा श्री कृष्ण प्रणामी युवा परिषद जिल्ला कार्य समिति झापाका उपाध्यक्ष द्वोय सुरज सापकोटा र समर्पण खतिवडा, सचिव मोहन अधिकारी, कोषाध्यक्ष कुमार कार्की, सह– कोषाध्यक्ष सुसन खतिवडा, सदस्यहरु सुरेस मैनाली, दाताराम तिम्सिना, डिल्ली पाण्डे,चारपाने प्रा।स अध्यक्ष वाशु पाण्डेस कचनकवल प्रा।स सचिव तिलक सिटौला, बाइजुराज संघ जिल्ला कार्यसमिति सचिव

मेनुका सिटौला, कोषाध्यक्ष कल्पना वाग्ले, सदस्यहरु सिता सापकोटा, मनिता बजगाईं, श्री कृष्ण प्रणामी मन्दिर डांडागाउँ अध्यक्ष देविदास चौहान, सचिव श्रीकृष्ण सिवाकोटी, पुजारी गंगा प्र कठ्यात, पृथ्विनगर–बनियानी अध्यक्ष विष्णु खरेल, पुर्व उपाध्यक्ष कुमार संजेल, जनप्रतिनिधि गणेश भण्डारी, मनमाया चौहान, विध्यालय प्र।अ। सुबद्रा अधिकारी, प्रहरी नि।प्रमुख नन्दकिशोर यादब समेतको उपस्थिति थियो ।