झापा : झापामा  “लैंङ्गिक हिंसा न्यूनिकरण सम्बन्धमा सरोकारवाला निकायहरुको भुमिका” बिषयक एक दिने अन्तरक्रिया तथा छलफल कार्यक्रम गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय झापाको सभाहलमा जिल्ला प्रहरी कार्यालय झापाको आयोजना र जिल्ला प्रशासन कार्यालय झापाको समन्वयमा आज बिहिबार एक दिने अन्तरक्रिया तथा छलफल गरिएको हो । 

झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यता  अन्तरक्रिया गरिएको हो ।  

103

अन्तरक्रिया कार्यक्रममा झापाका पालिकाका प्रमुख तथा उप–प्रमुख, नेपाल प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक  कृष्ण हरी शर्मा, प्रादेशिक अस्पताल भद्रपुर झापाका मे.सु. टंक प्रसाद

बाराकोटी, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मी, जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख

जिल्ला अधिकारीहरु  रुद्र न्यौपाने र विश्वराज नेपाल, भद्रपुर नगरपालिकाका कार्यकारी अधिकृत, नं २ सशस्त्र प्रहरी बल झापाका शसस्त्र प्रहरी नायव उपरीक्षक नवराज बोहोरा , जनप्रतिनिधि सहित  सरोकारवाला संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।