बिर्तामोड : बिर्तामोड स्थित सन्जीवनी हर्ट हस्पिटल प्रा लि को सहकार्यमा जेनियस मिडिया तथा नेपाल यादव सेवा समिति झापा शाखाको संयुक्त आयोजनामा एक दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । 

आज शनिबार भएको शिविरमा १ सय १० जनाले सेवा लिएका थिए ।  डाक्टर सि. पि यादव तथा को हस्पिटलको टिमले स्वास्थ्य जाँच गरेको थियो । 

 शिविरमा मुटु, कलेजो, सुगर, प्रेसर, थाइराइड, कोलस्ट्रोल लगायतका  जाँच तथा बिभिन्न  निः शुल्क औषधि समेत वितरण गरिएको थियो ।  दियालो फार्मेसीले निशुल्क औषधि उपलब्ध गराएको जनाइएको छ । 

स्वास्थ्य शिविर कार्यक्रममा अस्पतालका निर्देशक डा. सि पि यादव ले आयोजक समितिलाई सम्मान पत्रले सम्मान गरेका थिए । 

जेनियस मिडियाका सचिव तारा प्रकाश भट्टराईले संचालन गरेको कार्यक्रममा जेनियस मिडियाका अध्यक्ष निरज पोखरेल  तथा नेपाल यादव सेवा समिति झापा शाखाको सचिव भरत यादवले शुभकामना मन्तव्य राखेका थिए । 

कार्यक्रमकालागि हिकोला हेरिटेज,शुरुवाति कोठा नेपाल, नाङ्लो फुड ट्रक, चौतारी २०४८ शनिश्चरे, नेवाः पासा मुना पुच, छितिज नाट्य समूह झापा, सुनगाभा स्कुल, दियालो फार्मेसी लगायतले सहयोग गरेको बताइएको छ ।