बिर्तामोड : निजी क्षेत्रको प्रयासमा झापाको बिर्तामोडमा अत्याधुनिक र सुविधा सम्पन्न स्वास्थ्य प्रयोगशाला सञ्चालनमा आएको छ । बिर्तामोड ५ स्थित सानीमा बैंक संगै रहेको श्रीकृष्ण कम्पलेक्समा अत्याधुनिक ‘लाइफ क्वेष्ट किल्नीकल ल्याब ’ सञ्चालनमा आएको हो । 

अनुराग सिन्हा , पवित्रा ढुङ्गाना, राकेश पोखरेल र शंकर ओलीको संयुक्त लगानीमा उक्त स्वास्थ्य प्रयोगशाला सञ्चालनमा ल्याइएको हो ।

 उक्त प्रयोगशाला करिब रु ३ कारोडको हाराहारीमा  सञ्चालनमा आएको सञ्चालक तथा प्रयोगशालाका प्रबन्ध निर्देशक राकेश पोखरेलले बताए । 

बिशेष प्रकारका हर्मोन, ट्युमर मारकर, वाइपसी लगायतका जटिल प्रकारका जांच संगै रगतबाट हुने सबै प्रकारका जाँच यस ल्याबबाट गर्न सकिने उनले बताए । 

प्रयोगशाला स्थापनासँगै विभिन्न रोगको परीक्षण एवम् जाँचको काम अब स्थानीय रुपमै सहज हुने यस अघि  लामो समय सम्म रिपोट पर्खनु पर्ने बिरामीको बाध्यताको अन्त्य  भएको प्रयोगशालाको प्रमुख प्रशासकिय अधिकृत पवित्रा ढुङ्गानाले बताइन् । 

यस क्षेत्रमा सुविधा सम्पन्न र अत्याधुनिक प्रयोगशाला नहुँदा बिरामीले भारत वा काठमाडौँ पुगेर स्वास्थ्य जाँच एवम् उपचार लिनुपर्ने अवस्था रहेकामा यो प्रयोगशाला स्थापनापछि यस क्षेत्रका बिरामीलाई ठूलो राहत हुने विश्वास गरिएको प्रयोगशालाका प्रमुख कार्यकारी प्रमुख अनुराग सिन्हाले जानकारी दिए । सञ्चालक सिन्हा  बिर्तामोडमा २० बर्षदेखि स्वास्थ्य प्रयोगशाला सञ्चालन गर्दै आएका पुराना अनुभवी ब्यक्ति हुन् । 

साथै उद्धघाटनको अवसरमा आज शनिबार एक साताकालागि सुगर र एचबी वान सी निशुल्क परिक्षण गरिने र आजिवन स्वास्थ्य परिक्षणमा बिरामीलाई २० प्रतिशत सम्म छुटकालागि कार्डको व्यवस्था गरिएको जनाइएको छ ।  

बिगत ३ बर्षदेखि  काठमाण्डौंमा सञ्चालनमा रहेको ल्याबको बिर्तामोडमा सेवा बिस्तार गरिएको बताइएको छ ।