झापाको बिर्तामोडमा महिलाहरुको स्वास्थ्यलाई ध्यानमा राखेर उनीहरुको स्वास्थ्य परिक्षणमा सहजता प्रदान गर्ने उदेश्यले प्रियंका क्लिनीक सञ्चालनमा आएको छ ।

महेन्द्र राजमार्गसंगै बिर्तामोड १ स्थित बिर्ता सिटी अस्पताल नजिकै बरिष्ठ स्त्री प्रसुति तथा महिला क्यानसर रोग बिशेषज्ञ डा. प्रियंका कट्वाल तथा उनका श्रीमान एनएसथेसीया डा. पुष्पक रेग्मीले उक्त क्लिनीक सञ्चालनमा ल्याएका  हुन् । 

उक्त क्लिनिकको एक संक्षिप्त कार्यक्रमकाबिच सोमबार बिर्तामोड नगरको नगरप्रमुख पवित्रा महत्तरा प्रसाईले उद्धघाटन गरेकी छन् । 

महिला प्रजनन स्वास्थ्य समस्याहरुको निदान तथा स्त्री क्यानसर रोग सम्बन्धी परामर्श तथा सल्लाह, सुझाब र उपचार गर्ने उदेश्यले क्लिनीक सञ्चालनमा ल्याइएको डा. कट्वाल बताउंछिन् । 

dr katuwal

बिशेष गरी पूर्वि नेपालका महिलाहरुलाई उच्च गुणस्तरको सेवा प्रदान गर्ने उदेश्य सहित सबै उपचार एकै थलोमा गर्ने हेतुले  क्लिनीक खोलिएको डा.प्रियंकाले बताइन् । उनले महिलाहरुका समस्या तथा रोगलाई  परामर्श, रोकथाम, निधान र उपचार दिने उदेश्यले क्लिनीक सञ्चालनमा ल्याइएको बताइन । उनले चार चरणमा सेवा प्रवाह गरिने बताइन् । 

डा. कट्वालका अनुसार क्लिनिकबाट ल्याब, फार्मेसी, भिडियो एक्–सरे , ओपीडी , बाइएपसी लगायतका सेवा बिरामीले पाउने छन् । 

बिराटनगर ४ स्थायी घर भई झापामा १ दशकदेखि जिल्लाका  बिभिन्न अस्पतालमा सेवा प्रवाह गर्दै आएकी डा. कट्वालले  बिर्तामोडमा रहेको बिएण्ड सी अस्पतालमा ६ बर्ष र पूर्वाञ्चल क्यानसर अस्पतालमा २ बर्ष काम गरिसकेकी छिन् । 

हाल उनी बिर्तामोड स्थित बिर्ता सिटी अस्पताल तथा बिभिन्न स्वास्थ्य संस्था मार्फत बिरामीलाई सेवा दिंदै आएकी छन् ।