बिर्तामोड : झापाको बिर्तामोड स्थित भगवान चोकमा रहेको पाँचतारे होटल द किङ्स वरीको आयोजनामा रक्तदान कार्यक्रम गरिएको छ ।  १३४ औं अन्तर्राष्ट्रिय श्रमीक दिवसको अवसर पारेर होटल द किङ्स वरीले आज सोमबार होटल परिसरमा  रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।  

नेपाल रेडक्रस सोसाइटी झापा शाखाको प्राविधिक सहयोगमा भएको कार्यक्रमको उद्धघाटन होटलका सञ्चालक प्रकाश गौतमले रक्तदान गरेर गरेका थिए । 

“रक्तदान गरौ जीवन दान गरौ” भन्ने मुल नारा सहित    आयोजित रक्तदान  कार्यक्रममा  १५ जना  महिला कर्मचारी  सहित जम्मा ६५  जनाले  रक्तदान  गरेका  थिए  ।

किंग १२० 1

रगत अभावका कारण अकालमै कसैको पनि ज्यान नजाओस भन्ने हेतुले सामाजिक उत्तरदायित्व बहन गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको होटलका सञ्चालक प्रकाश गौतमले जानकारी दिए । 

रक्तदान  कार्यक्रमको आयोजनामा कमी आउंदा रगतको अभाव भएको र बिरामीलाई समस्या भएको ठहर गर्दै होटलले रक्तदान कार्यक्रम गरेको उनको भनाई छ ।  

होटल तथा क्यासिनोका कर्मचारीले रक्तदान गरेका थिए । र अबको तीन तीन महिनामा सामाजिक उत्तरदायित्व बहन गर्दै रक्तदान कार्यक्रम गरिने निर्णय समेत भएको होटलका अप्रेशन म्यानेजर विश्वदेव ढुङ्गेलले जानकारी दिए ।