बिर्तामोड  : १३४ औं अन्तर्राष्ट्रिय श्रमीक दिवसको अवसर पारेर नेपाल व्यापार कर्मचारी संघ (युनिकम नेपाल) ले   रक्तदान कार्यक्रम गरेको छ । 

आज सोमबार मजदुर दिवसको  अवसरमा युनिकम नेपाल बिर्तामोड नगरको आयोजना तथा  रोटरी क्लब अफ बिर्तामोड मिडटाउन, रोङ बिद्यार्थी एकता समिति, रोटर्याक्ट क्लव अफ बिर्तामोड मिड टाउनको सह आयोजनामा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उप–शाखाको प्राविधिक सहयोग रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि युनिकम नेपालका केन्द्रिय अध्यक्ष गजेन्द्रबहादुर पौडेलले युनिकम विशुद्ध कामदारको हक र हितमा काम गर्ने संस्था भएको बताए । उनले युनिकमको स्थापना भएसंगै धेरै नीजि क्षेत्रमा काम गर्ने श्रमीकहरुको अधिकार स्थापनामा सघाउ पुगेको धारणा राखेका थिए । 

युनिकमको बिर्तामोड नगर खगेन्द्र चाम्लीङ राईको अध्यक्षतामा भएको  बिर्तामोड उद्योग वाणिज्य संघका सदस्य जिवन खड्का  , बिर्तामोड नगर कार्यपालिका सदस्य संगिता सिवा लगायतले शुभकामना मनतब्य राखेका थिए । 

 युनिकम बिर्तामोड नगर सचिव अपर्णा सापकोटाले स्वागत गरेको  कार्यक्रमको सञ्चालन सञ्चारकर्मी केशव भट्टराइले गरेका थिए । 

 नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उप–सभापति मनोज अग्रवाल , चेम्बर अफ कमर्श कोशी प्रदेश उपाध्यक्ष सन्तोष अग्रवाल लगायतको उपस्थिति रहेको थियो । 

 स्वास्थ्य र सुरक्षा श्रमिकको मौलिक अधिकार’ भन्ने मुल नाराका साथ आयोजित कार्यक्रममा ५२ जनाले रक्तदान गरेको बताइएको छ ।