झापा हल्दिबारी २ मा  मेडिहोम हस्पिटल प्रा.लि. सञ्चालमा सञ्चालनमा आएको छ । युवा ब्यवसायीहरु कृष्ण प्रसाई, होम कार्की, पुस्करराज नेपाल, गंगा प्रसाई, सालिक पराजुली, शुक्रबहादुर दाहाल र सन्तोष श्रेष्ठको करीब ३ करोडको  संयुक्त लगानीमा उक्त अस्पताल  सञ्चालनमा ल्याएका हुन् । 

अस्पतालको आज शनिबार हल्दिबारी गाउंपालिकाका अध्यक्ष रबिन्द्र लिङ्देनले उद्धघाटन गरेका छन् । १५ वेड क्षमताको अस्पतालमा  स्त्रीरोग , हार्डजोर्नी , फिजिसियन,  बालरोग बिशेषज्ञ सहित ल्याब, भिडियो एक्सरे, इसीजी सहितका सेवा उपलब्ध हुने बताइएको छ । 

अस्पतालका अध्यक्ष कृष्ण प्रसाईको अध्यक्षतामा भएको  उद्घाटन कार्यक्रममा प्रमुख अतिथि तथा गाउँपालिकाका अध्यक्ष लिङ्देन, हल्दिबारी माबिका संस्थापक प्रधानाध्यापक नरेन्द्रकुमार कार्की, ओम साई पाथिभरा हस्पिटलका प्रबन्ध निर्देशक बालकुमार पोखरेल, हल्दिबारी माबिका प्रधानाध्यापक टंक पाख्रिन, एकता बहुउद्देश्यीय सहकारीका अध्यक्ष हरिकृष्ण अधिकारीलगायतले शुभकामना मन्तब्य राखेका थिए । 

स्वागत सञ्चालक गंगा प्रसाईले गरेको कार्यक्रमको सञ्चालन सञ्चालक होम कार्कीले गरेका थिए ।