अर्जुनधारा  : झापाको अर्जुनधारा ५ स्थित देवभुमी अंग्रेजी स्कुलका विद्यार्थीको दाँत र  आँखा परिक्षण गरिएको छ ।  

रोटरी क्लब अफ मिडटाउन बिर्तामोड, रोट«र्याक्ट क्लब अफ बिर्तामोड मिडटाउन र  इन्टर्याक्ट क्लब अफ देबभूमीको संयुक्त आयोजनामा सोमबार स्कुलमा स्वास्थ्य शिविर मार्फत निशुल्क दाँत तथा आँखा परिक्षण गरिएको हो । 

 बिर्तामोड आँखा अस्पताल र न्यू हिमाल डेन्टल केयरको प्राविधिक सहयोगमा भएको शिबिरमा चार सय ८० जना बिद्यार्थीको दाँत र आँखा परिक्षण गरिएको स्कुलका  अध्यक्ष सुमन शर्मा जम्मरकट्टेलले जानकारी दिए । 

877777

 पछिल्लो समय प्रविधिको विकास संगै बच्चामा मोबाइल फोन र टेलिभिजनको अत्याधिक  प्रयोगका कारण आँखामा समस्या आएको र अखाध्य तथा जंक फुडको बढ्दो प्रयोगले  दाँतमा समस्या देखिने भएकाले थप क्षति नहोस भनेर स्वास्थ्य शिविरको आयोजना गरिएको बताए । 

 परिक्षण गरिएका मध्ये ३५ जना बिद्यार्थीमा आँखाको एलर्जी, दृष्टिदोष, सुक्खापन बढी भएको र आंखाको  टेढो पन लगायतका समस्या देखिएको बिर्तामोड आँखा अस्पतालकी नेत्र सहायक रञ्जु अर्यालले बताइन् । साथै उनले बच्चाको आँखामा थप नोक्सान हुनबाट यस्ता शिविरले सहयोग पुग्ने पनि उनले बताइन । 

त्यस्तै दाँत परिक्षण गरिएका मध्ये एक सय ७५ जनामा दाँतको समस्या देखिएको न्यू हिमाल डेन्टलका डा. आशिष भण्डारीले जानकारी दिए । 

बिर्तामोड आँखा अस्पतालका नेत्र अधिकृत बिनोद दाहालले यस आर्थिक बर्षमा बिर्तामोड आँखा अस्पतालले सामाजिक उत्तरदायित्व वहन गर्दै  १७ वटा बिद्यालयमा स्वास्थ्य शिविर सञ्चालन गरिएको बताए । बिभिन्न संघ संस्थासंग पनि समन्वय गरेर काम गर्दै आइरहेको पनि जानकारी दिए । साथै उनले अधिकांश बच्चामा आँखाको समस्या बढ्दो रुपमा देखिएकाले आयोजना गरिएका शिविरले बच्चाको आँखाको अवस्था र थप क्षति हुनबाट बचाउन सहयोग पुग्ने बताए ।  

२०६४ सालमा स्थापना भएको विद्यालयमा नर्सरीदेखि कक्षा १० सम्म अध्यापन हुंदै आएको छ ।  ५ सय ६५ बिद्यार्थी अध्ययनरत रहेको सो स्कुलमा शिक्षक, शिक्षिका र कर्मचारी गरेर ३७ जना कार्यरत रहेको स्कुलका प्रिन्सिपल सन्तोष पौडेलले जानकारी दिए