झापाको बिर्तामोड–३ स्थित लिंकन मण्टेश्वरी बिद्यालयमा नेवार समुदायको लाखे जात्रा तथा ठाकठुके नृत्य प्रस्तुत गरिएको छ । 

विद्यालयमा अध्ययनरत नानीबाबुहरुलाई नेवार समुदायको परम्परा तथा संस्कृतिको बिषयमा ज्ञान सहित जानकारी गराउने उदेश्यले नेवाः देय् दबू बिर्तामोड नगर समितिको समन्वयमा लाखे तथा ठाकठुके नृत्य प्रत्यक्ष नानीबाबुहरुकै अघि प्रस्तुत गरिएको विद्यालयका सञ्चालक सरोज पौडेलले जानकारी दिए । 

20230821_144622

 नगर समितिले प्रत्येक बर्ष आयोजना गर्दै आएको लाखें नाच तथा ठाकठुके नृत्य यसबर्ष भने सोमवार (आज) लिंकन मण्टेश्वरी स्कुलबाट शुरु गरेको जनाएको छ ।  

नागपञ्चमीको अवसर पारेर बिर्तामोड–९ भिमसेन मन्दिरमा बिहान पूजा गरेर लाखे नाच शुरु भएको जनाइएको छ । 

नेवार समुदायको धर्म, संस्कृति परम्परालाई जर्गेना गर्दै युवा पुस्तामा हस्तान्तरण गर्ने उदेश्यले लाखे तथा ठाकठुके नाच प्रत्येक बर्ष गर्दै आएको बताइएको छ ।