बिर्तामोड 

लेखक तथापत्रकार तीर्थ सिग्देलद्वारा लिखित पुस्तक ‘बिर्तामोड ः उद्भव र विकास’बारे शुक्रबार परिचर्चा कार्यक्रमगरिएको छ । कार्यक्रमवीरता रिडर्सको आयोजनामाबिर्तामोडमा सम्पन्नभएको हो ।

कार्यक्रममावरिष्ठ अधिवक्ताएवम् साहित्यकार लीलाउदासीले ‘बिर्तामोड’ पुस्तकबिर्तामोडबासी मात्रनभएर यस क्षेत्रसँग सरोकार राख्ने सबैको सार्वजनिक सम्पत्तिभएको बताए । उनले यस पुस्तकलाई मिलेसम्मबिर्तामोड नगरपालिकाभित्र पाठ्यक्रममै समावेश गर्न जोड दिएका छन् । ‘बिर्तामोडमा बस्नेले कम्तीमाबिर्तामोडलाई बुझ्न जरुरी छ’, उनले भने, ‘त्यसकालागि यो पुस्तक पढ्न र संग्रहितगर्न आवश्यक छ ।’

कार्यक्रममावरिष्ठ साहित्यकार पुण्यप्रसाद खरेलले पुस्तकमा रहेका विषयवस्तु र कमीकमजोरीलाई प्रस्ट पारेका थिए । उनले इतिहास लेखन जटिल भएको बताउँदै कमीकमजोरीलाई आगामी संस्करणमा सुधार गर्न सुझावदिएका छन् ।कार्यक्रममा लेखक संघ झापाअध्यक्षकुमार भट्टराईले यस किसिमका पुस्तकभावी पुस्ताकालागि सन्दर्भ सामग्रीहुने भएकाले लेखकले साहित्यकाअन्यविधामाभन्दा बढी जिम्मेवार हुनु पर्ने बताए । कार्यक्रममासाहित्यकार भगवती ढुङ्गेलले शुभकामनामन्तव्य राखेकीथिइन् ।

वीरता रिडर्सका संयोजकतीर्थ सिग्देलको अध्यक्षतामाभएको पुस्तक परिचर्चा कार्यक्रमको स्वागत सहसंयोजक केशव मैनालीले गरेका थिएभने सञ्चालनतिलक परियारले गरेका थिए ।