बाहुनडाँगीः नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) कोशी प्रदेशका महासचिव नवीन खरेलले मुलुकको पर्यटन प्रवद्र्धन र विकासका लागि सञ्चार माध्यमको पनि उल्लेखनिय भूमिका हुनु पर्ने धारणा राखेका छन् ।

सोमबार झापाको मेचीनगर— ४ स्थित बाहुनडाँगीमा हव डिजिटल मिडिया प्रालि द्वारा सञ्चालित ‘मेरो मेचीनगर डट कम अनलाईन न्यूज पोर्टल’को तेस्रो वार्षिकोत्सव कार्यक्रमको प्रमुख अतिथि रहेका महासचिव खरेलले सञ्चार माध्यमको  भूमिका हत्वपूर्ण हुने बताउदै उनले  धेरै पर्यटकलाई स्वदेशमा भित्रियाउन सकिने विश्वास ब्यक्त गरेका हुन् ।  

मिडिया प्रालि अध्यक्ष उदयकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रधान सम्पादक दुर्गाबहादुर लुइटेलले सञ्चालन गरेका थिए ।

कार्यक्रमको सञ्चालन सम्पादक लक्ष्मी उप्रेतीले गरेका थिए । कार्यक्रममा डटकमका प्रबन्ध निर्देशक एव् सह–सम्पादक सुजन प्रधान, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएस(एन–प्याब्सन) झापाका सचिव भगिरथ राई, नेपाल स्काउट मेचीनगरका संयोजक रीता थापा तथा कम्पनीका शेयर सदस्यलगायतको सहभागिता रहेको थियो ।