नेपाल सुनचाँदी व्यवसायी महासंघ , मेचीनगर शाखाले सरुवा भएर जान लागेका इलाका प्रहरी कार्यालय कांकरभिट्टाका  प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक भारतीको  बिदाई गरेको छ ।  

कांकरभिट्टामा शाखा कार्यालय रहेको सुनचाँदी व्यवसायी संघले आज आइतबार प्रहरी कार्यालयमै पुगेर  उनको  बिदाई गरेका हुन् । 

इलाका प्रहरी कार्यालय कांकरभिट्टाका प्रमुख प्रहरी नायब उपरीक्षक भारतीको काठमाडौं स्थित साइबर ब्युरो साइबर अपराध अनुसन्धान शाखामा सरुवा भइसकेको छ । 

कांकरभिट्टा बसाई सफलतापूर्वक एंवम उपलब्धीमुलक रुपमा पुरा गरेको भन्दै उनलाई आगामी दिनको समेत शुभकामना सहित मायाको चिनो प्रदान गरेर संघले बिदाई गरेको हो । 

कांकरभिट्टामा रहंदा डिएसपी भारतीले आफ्नो कार्यकालमा लागु औषध बिरुद्धको अप्रेसन, सीमा क्षेत्रमा कडाई, सीमा तस्करी नियन्त्रण, फरार अपराधीहरुको खोजी गरी पक्राउ अभियान लगायत अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । 

कांकरभिट्टामा शान्ति सुरक्षा सहित व्यवसायीको हितमा काम गर्न सहयोग पु¥याएको भन्दै संघका अध्यक्ष टोलबहादुर सुनार(नारायण) , बरिष्ठ उपाध्यक्ष दिलबहादुर खाती, सचिव बिरबहादुर गजमेर, सदस्य प्रेम ल्वागुन, पूर्व अध्यक्ष श्यामबाबु सराफी, पूर्व उपाध्यक्ष जयकुमार सराफ लगायतले डिएसपी भारतीलाई संयुक्त रुपमा बिदाई गरेका हुन् । 

काठमाडौं सरुवा भएसँगै उनको ठाउँमा अर्का प्रहरी नायब उपरीक्षक मिमबहादुर लामा आउँदैछन् ।