झापा : झापामा आज होली पर्वमा अवाञ्छित गतिविधि गर्ने ६ जना पक्राउ परेका छन् । होली पर्व मनाउनेक्रममा अवाञ्छित गतिविधि गर्ने ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
त्यस्तै ३४७ वटा दुई पाङ्ग्रे सवारी साधन , तीन पाङ्ग्रे १० र चार पाङ्ग्रे १ वटा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरेर सवारी चलाउने , तीन जना मोटरसाइकलमा सवार हुने , बिना हेल्मेट मोटरसाइकल चलाउनेलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
झापाको बिर्तामोड , दमक, कांकरभिट्टा, सुरुङ्गा, भद्रपुर लगायतका ठाउँमा सामूहिक होली खेल्ने कार्यक्रम आयोजना गरिएको र त्यहाँ धेरै सङ्ख्यामा युवायुवतीको भीड लागेको छ ।