कनकाई नहरमा डुबेर एक किशोरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार होली मनाएर पौडी खेल्न जाँदा डुबेर शिवसताक्षी ११ श्रृष्टि टोल बस्ने १५ वर्षीय रविन श्रेष्ठको मृत्यु भएको हो ।

उनी आज दिउँसो साढे २ बजेतिर साथीहरुसंग पौडी खेल्न गएका थिए । अरुले पनि पौडी खेलिरहेका ठाउँमा रविन पनि पौडी खेल्न गएको र नहरमा पस्नेबित्तिकै उनलाई बगाएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नहरले बगाई सोही वडाको साईफनस्थित नहरमा रहेको फलाममा अड्की लाश पानीमा डुबिरहेको अबस्थामा स्थानीयले देखेर ईप्रका झिलझिलेमा जानकारी गराएका थिए ।