दमक : (झापाको कमल गाउँपालिकामा शुक्रबारराति हात्तीको आक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ । कमल गाउँपालिका वडा नम्वर ५ गुहेश्वरी निवासी ५८ वर्षीया खड्गमाया लिम्बुको हात्तीको आक्रमणबाट ज्यान गएको हो ।
सुतिरहेको अवस्थामा बारबेरा सहितको घर भत्काउन थालेपछि लिम्बु भाग्ने क्रममा घरभन्दा करिब ३० मिटर पर हात्तीले पछारेर उनलाई मारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

_1751853734.jpg)
तीन दिनअघि मात्रै रतुवामाई वृक्षारोपण आयोजनाको क्षेत्रभित्र हात्तीले आक्रमण गर्दा शिवसताक्षी (११ की ६० वर्षीया पवित्रा भेटवालको मृत्यु भएको थियो ।